×

बीरगंज ३२ असार नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंजका प्रमुख मुनिन्द्र ठाकुरले प्राधिकरणलाई घाटा पु¥याएर उधोगी पोस्न थालेको भन्दै बिधुत प्राधिकरणले छानवीन शुरु गरेको छ । प्राधिकरणका प्रवन्ध निर्देशकलाई चिल्लो घसेर बिश्वासप्राप्त गरेका ठाकुरले त्यही सम्बन्धको आधारमा प्राधिकरणलाई घाटा पु¥याएर आफू कमाउ धन्दामा लागेका हुन । ठाकुरले आफनो धन्दामा अवरोध हुने देखे पछि केही कर्मचारीलाई सरुवा समेत गराएका छन ।सरुवा गराइएका कर्मचारीहरुले ठाकुरको योजनालाई सफल हुन दिएका थिएनन । ठाकुरले औधोगिक करिडोरको त्रिवेणी सिम्प्याक्समा प्राधिकरणलाई घाटा पु¥याएर नयाँ ट्रान्सर्फमर जडान गरेका थिए ।उधोगमा १हजार के.भि.ए.११०००/४०० भोल्टेजको ट्रान्सफर जडान भइरहेकोमा कार्यलयप्रमुखको रुपमा ठाकुर बीरगंज आएको केही दिनमै १६ सय ५० के.भी.ए ११०००/४३३ भोल्टेजको ट्रान्सफर सर्टडाउन चार्ज बिना जडान गरेको भन्दै उनी बिरुद्ध कर्मचारीहरुले नै उजुरी गरेका हुन ।त्यती मात्र हैन बीरगंज बितरण केन्द्रले औधोगि करीडोरका उधोगहरुलाई आफनै खर्चमा सिंगल फिडर निर्माण गरिदिएको छ । यसो गर्दा प्राधिकरणलाई लाखौ घाटा समेत लागेको छ । उधोगहरु आफैले फिडर लगाउदा लाग्ने खर्च ब्यहोर्नु पर्ने भएपनि ठाकुरले भने उधोगलाई उन्मुक्ति दिएर प्राधिकरणलाई दोहन गरेका छन । उनको यो कामको बिरुद्ध कर्मचारी युनियनले नै केन्द्रमा उजुरी गरेपछि छानविन शुरु भएको हो । केन्द्रले इनर्जी इफिसिएन्सी तथा चुहावट नियन्त्रण बिभागका निर्देशक रामजी भण्डारीको नेतृत्वमा ३ सदस्यीय छानविन टोली गठन गरेको छ । टोलीले आफनो काम शुरु गरेको भण्डारीले बताएका छन । उनले अनुसन्धानबाट वास्तविक बिषयको पत्तो लगाउने बताए ।

Back to top