×

वीरगञ्ज ३० असार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुली १५ को आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम संम्पन भएको छ ।

सेवा केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा संम्पन कार्यक्रममा सामुदायीक प्रहरी र सेवाकेन्द्रले ११,१२,१३ नं. वडाको हरेक घरबाट एक जनाले रक्तदान गरने आहवा गरेको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुलीको आयोजना गरिएको रक्तदान कार्यक्रममा अधिकांस ११,१२,१३ नं. वडाबाट आएकाहरुले रक्तदान गरेको सामुदायीक सेवा केन्द्रका अध्यक्ष राम सर्राफले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरिक्षक रेवती ढकालले रक्तदान जस्तो महानदान प्रति वीरगन्ज वासीको जागरुक्ताले आफुलाइ आश्र्चय चकित बनाएको बताए ।

उहाले खास गरेर रक्तदानमा वीरगन्जवासीको उदाहरणीय सहभागीता रहेको आफुले पाएको बताउदै विभिन्न कार्यक्रमहरुमा स्थानियले गरेको रक्तदानले नेपालमात्र नभइ सिमावर्ती भारतीय रोगीविरामिलाइ समेत ठुलो सहयोग हुने गरेको प्रहरी उपरिक्षक रेवती ढकालको भनाइ रहेको थियो ।

कार्यक्रमका चण्डी प्रसाद गणका प्रमुख जिवन मल्ल, विशिष्ट पत्रकार जगदिश शर्मा , सिमा सुरक्षा बलका प्रहरी उपरिक्षक प्रेम ध्होज शाह र वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार प्रसाद मैनाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ५२ जना व्यक्तिहरुले रक्तदान गरेको थिए ।

Back to top