×

वीरगंज २९ असार । मानव सेवा आश्रम वीरगंज श्रीपुरमा आश्रय लिएका असहाय तथा बृद्धबृद्धाहरुलाई आज एक समरोहका बीच सेस्मी इन्टरनेशनल स्कूलद्वारा खाद्यान्न लगायत विभिन्न आवश्यक सामग्री उपलब्ध गराईएको छ । सामाजिक सेवामा निरन्तर रुपमा कृयाशील रहेको सेस्मी ईन्टरनेशनल स्कुलले आश्रमका असहाय एवं बृद्ध बृद्धाहरुको लागि विभिन्न खाजाका सामग्री सहित सरसफाईका सामान र दुई थान सिलिङ्ग पंखा समेत हस्तान्तरण गरिएको विद्यालयकी प्रिन्सिपल आश्मा सिंह यादवले बताउनु भयो । विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी, शिक्षक शिक्षिकाहरुले उपलब्ध गराएको सहयोग रकमबाट उक्त सामानहरु प्रदान गरिएको विद्यालयका निर्देशक मनोज यादवले बताउनु भयो । सो अवसरमा विद्यालयकी शिक्षिकाद्वय ममता प्रिया जयसवाल, प्रिती ठाकुर, शिक्षकहरु मोनालाल यादव, अमित ठाकुर, अजय साह, राजन यादव, संघिय प्रेस फोरम पर्साका कोषाध्यक्ष राम कुशवाहा लगायत विद्यालयका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको आश्रमका सहसंयोजक देवेश गुप्ताले बताए ।

Back to top