यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा आत्तिएका छन् । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानियको सहयोगमा डुबानमा परेकाको उद्धार कार्य जारी छ ।