मुनाल बचत तथा ऋण सहकारी ग्राहकको पैसालिएर भागने तैयारीमा (फोटो सहित)

668

वीरगंज, २८ असार मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड भागने तैयारीमा रहेको छ ।
वीरगन्जको माईस्थान स्थित रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अहिले केहीदिन देखि बैकमा जम्मा गरेका ग्राहकको पैसा दिन बन्द गरेको ग्रहकहरु बताएका छन ।


वीरगन्ज मिनाबजार छेउ छाउको एक दर्जन भन्दा बडी ग्राहकहरुको लाखौ रुपैया मुनाल बचत तथा ऋण सहकारी नदिएर ग्रहकलाई दैनिक दौडाई रहेको पिडीत भरत महतोले बताएका छन ।


भरत महतोले २२ हजार मुनाल बचत तथा ऋण सहकारीमा जमा गरे पनि उनले पैसा पाएका छैन्न मुनाल बचत तथा ऋण सहकारीमा अहिले भरत जस्तै सुशिला देवी पनि ३३ हजार ५ सय , शब्वु खातुन ७ हजार ९ सय र रविनद्र प्रसाद वर्णवाद २९ हजार लिन गएपनि मुनाल बचत तथा ऋण सहकारीका संचालक फरार रहेका छन ।

अहिले मुनाल बचत तथा ऋण सहकारीमा एकजना कर्मचारी मात्र छन जुन अहिले केहि बोल्ने पक्छमा छैन्न । श्रोतका अनुसार मुनाल बचत तथा ऋण सहकारीका संचालक वीरगन्ज छोडी फरार रहेका छन ।


SHARE