वीरगन्जमा २ वटा मदिरा भट्टिनष्ट ,संचालको खोजी कार्यमा प्रहरी

674

वीरगंज, २७ असार वडा प्रहरी कार्यालय श्रीपुरले आज घरेलु मदिरा तथा मदिरा बनाउने भट्टिनष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नं.११ रानीघाट स्थिान मदिरा बनाउने भट्टिनष्ट गरेको हो । अबैध रुपमा संचालन गरिएका मदिरा बनाउने भट्टिमा छापामारी गरि २ वटा मदिरा बनाउने भट्टिबाट मदिरा बनाउने कच्चा पदार्थ ८ सय लीटर, तयारी मदिरा २ सय लिटर नष्ट गरेको र मदिरा बनाउने मेसिन २ थान र ड्रम ४ थान बरामद गरिएको प्रहरी निरिक्षक कुमार प्रसाद मैनालीले बताएका छन । साथै भट्टि संचालकहरु समेतको खोजी कार्य भइरहेको छ ।


SHARE