प्रदेश नं. २ मा जनप्रतिनिधी र पत्रकारहरु एकजुट भएर अगाडी बढ्नु पर्छ : अध्यक्ष चौहान

258

चन्द्रपुर २७ असार । नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले मानवीय सूचकांकको आधारमा अत्यन्त गरिब रहेको यो प्रदेशमा शिक्षाको घाम छर्न युनिसेफले गरेको प्रयत्नलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । चौहानले प्रदेशको बिकासका निम्ति जनप्रतिनिधिहरुले गरेको जायज नाजायज कामहरु जनसमक्ष ल्याउन पत्रकारहरुको धर्म रहेको बताउँदै जनप्रतिनिधीहरुले गरेका नराम्रा कार्यहरु तुरुन्त नागरिकको सहयोगमा संचारकर्मीहरुले जनसमक्ष लैजाने गरेको भएतापनि विकास निर्माणको कार्यहरु जनसमक्ष जाने संयन्त्रको निर्माण हुन सकेको छैन । जनप्रतिनिधीहरुले गरेका विकास निर्माण लगायतका सकारात्मक कार्यहरु जनसमक्ष लैजान एउटा छुट्टै संरचना निर्माण गर्न आवश्यक रहेको बताउदै यस कार्यमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को समिति र प्रदेश नं. २ का नेपाल नगरपालिका संघसंग सहकार्य गरेर अगाडी बढ्न जरुरी रहेको बताउनु भयो ।
सो कार्यक्रममा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित प्रदेश सभाका सदस्य प्रहलाद गिरीले बिद्यालयको पहुच भन्दा बाहिर रहेका बालबालिकालाई बिद्यालय सम्म पुर्‍याउनकालागि आफूले सहयोग गर्ने बताएका छन ।
युनिसेफ नेपालको सहयोग र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको नेतृत्वमा संचालीत किशोरी शिक्षाको बुधवार चन्द्रपुरमा आयोजना गरिएको प्रदेश स्तरीय समिक्षा कार्यक्रमलाई समबोधन गर्दै प्रदेश सभा सदस्य गिरीले बिद्यालयको पहुच भन्दा बाहिर रहेको वालिकाहरुलाई बिद्यालय सम्म पुर्‍याउने दायित्व समेत आफू जनप्रतिनिधिहरुको रहेको बताए । उनले समाजको बिकासका निम्ति शिक्षामा सबै भन्दा बढी जोड दिनु पर्ने बताए ।
उनले प्रदेश सरकारले समेत बेटी बचाई बेटी पढाई भनेर अभियाननै संचालन गरेको र यस आर्थिक वर्षमा समेत रकम बिनियोजन गरिएको जानकारी दिए ।
कार्यक्रममा युनिसेफ प्रदेश २ का प्रमुख अनिता दाहाल , प्रदेश सभा सदस्य मन्जुर आलम,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने बिभिन्न् नागरपािलका र गाउँपालिकाका प्रमुख उपप्रमुख लगायतले किशोरी शिक्षाको बिषयमा आफना प्रतिवद्धताहरु ब्यक्त गरेका थिए ।
किशोरी शिक्षा अन्तर््गत प्रदेश नं २ को पर्सा,रौतहट ,धनुषा र सप्तरीमा गरि ५ सय केन्द्र संचालन भएका छन । प्रत्येक केन्द्रमा २५ जनाका दरले किशोरीहरु अध्ययन गर्दछन । तीन वर्ष अगाडि बाट संचालीत यो परियोजना अन्र्तगत २०१७ मा ४ जिल्लाका ४१ पालिकामा १२ हजार २ सय ४३ जना बालिकाहरु किशोरी शिक्षा केन्द्रमा भर्ना भएका थिए ।
ति मध्य १० हजार ७ सय ३६ किशोरीहरु भने बिद्यालयमा भर्ना भएका छन ।
किशोरी शिक्षाको केन्द्रमा ५४ प्रतिशत किशोरी दलीत ,जनजाती र मुस्लिम समुदायका रहेको त्थायकं कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
बिद्यालय जानबाट बन्चित १० देखी १५ वर्षका किशोरीहरुलाई ९ महिना अध्ययन गराई उनीहरुलाई बिद्यालयमा कम्तीमा तीन कक्षामा भर्ना गरिदै आएको छ । कार्यक्रममा युनिसेफका बिमला मानन्धरले किशोरी शिक्षाको नीतिगत अवधारणाका बारेमा प्रकाश पारेकी थिइन ।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव रामप्रवेश साह र स्वागत अनन्त श्रेष्ठले गरेका थिए ।


SHARE