जिन्सी सामग्री खरिद, कर्मचारीको सरुवामा कमिशनको खेल , वीरगंजको नेपाल दूरसञ्चार कार्यालयमा अख्तियारको छापा

766

वीरगंज, २७ असार हिजो साझँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, हेटौंडाले नेपाल टेलिकम दूरसञ्चार क्षेत्रीय कार्यालय वीरगंज मातहत रहेको घण्टाघर कार्यालयमा छापामारी गरेको छ । एकजना अनुसन्धान अधिकृतको नेतृत्वमा हेटौंडा कार्यालयबाट आएको तीन सदस्यीय टोलीले छापामारी गरी कार्यालयको केही फाइल र कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, हेटौंडाले जनाएको छ । टोलीमा जिल्ला प्रशासन कार्यालय, पर्साका केही कर्मचारीहरूको पनि सहभागिता रहेको हिजो साझँ अख्तियारको टोलीले घण्टाघर कार्यालयका कार्यालय प्रमुख (उपप्रबन्धक) रामकैलाश पाण्डेसँग सोधपुछ गरी अनुसन्धानको सिलसिलामा कागजपत्र लिएर गएको कार्यालय प्रमुख पाण्डेले “अहिले धेरै भन्न मिल्दैन, उहाँहरूलाई जुनजुन कागजात आवश्यक लाग्यो त्यो लगे” बताए । असार ५ गते नेपाल टेलिकम वर्कर्स युनियनले दूरसञ्चारको क्षेत्रीय कार्यालय मातहतका कार्यालयमा व्यापक अनियमितता भएको भन्दै क्षेत्रिय निर्देशक प्रतुल सरकारलाई ज्ञापनपत्र बुझाएको सिलसिलामा छानबिन गर्न अख्तियारको टोलीले छापा मारेको हो । नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष पूरन साहको नेतृत्वमा गएको टोलीले २० दिन अघि बुझाएको ज्ञापनपत्रमा कार्यालयको प्रयोगको लागि खरिद गरिने जिन्सी सामग्री, कर्मचारीको सरुवामा कमिशनको खेललगायत व्यापक अनियमितता भएको उल्लेख गरिएको थियो । अनुसन्धानको क्रममा छापा परेको हो, अहिले टोलीको सदस्यहरूको नाम बताउन मिल्दैन, हेटौंडाको टोलीले छापा हान्यो भनेर लेख्दा हुने उनले बताए ।


SHARE