×

वीरगंज २७ असार । बीरगंज युवा सामाजको पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम पछि मंगलबार बीरगंजको आदर्शनगर बजरंग टोल स्थित आमाको माया छात्रवासमा २५ जना बच्चाहरुलाई विभिन्न स्टेशनरी तथा खाद्यान्न सामग्री वितरण गरिएको छ् । नेपाल पत्रकार महासंघ प्रदेश नं। २ का सभापति दीपेन्द्र चौहानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख कुमार मैनाली, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख निशान थापा, ग्रीन सिटी आदर्शनगरका सचिव मुरली जलान, आमाको माया छात्रावास प्रदेश नं। २ का प्रमुख प्रहलाद गिरी, पत्रकार श्रीराम रायमाझी, सानो पाइलाका अजितसंगै बीरगंज युवा सामाजका उपाध्यक्ष संजीव थापा, सह–सचिव सृष्टी बिष्ठ, सदस्यहरु बिनोद धिमाल, सौरज प्रधान, गिनिषा कार्की, अस्मिता थापा, अमित गुप्ता, सुलब केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व बीरगंज युवा सामाजका कमल चौगाईले गर्नु भएको थियो भने सहजीकरण हेमन्त तामांगले गरेका थिए ।

Back to top