भारतसंगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल साथै काम सुरु

1499

Share
  •  
  •  
  •  

वीरगंज,२६ असार भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल भएको छ । वीरगञ्ज, विराटनगर, जनकपुर, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल साथै काम सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलका लागि भारतीय रेल अधिकारीको समूह नेपाल आएको थियो ।


जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसैवर्ष पूरा हुने मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्मालेलाई जानकारी दिए । यात्रुसमेत बोक्ने सो मार्गलाई जयनगरबाट बर्दिवाससम्म विस्तार गरिनेछ ।
यसवर्ष रेलमार्ग तयार भए पनि चलाउन नेपाल सरकारसँग रेल नभएकाले भारतीय रेलमा नेपाली झण्डा राखेर चलाउने विषयमा दुई देशका रेल अधिकारी बीचको बैठकमा छलफल हुने उनले बताए ।


“सरकार आफैले वा भारतीय रेल कम्पनीसँग करार गरेर चलाउने भन्ने बारेमा छलफल गरी टुंगोमा पुग्ने कार्यसूची छ, आगामी मंसिर÷पुसमै जनकपुर–जयनगर रेलमार्ग निर्माण सम्पन्न हुनेछ, त्यसलगत्तै रेल चलाउन आवश्यक प्रक्रिया पूरा गरिनेछ”– सहसचिव शर्माले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला सैद्धान्तिक सहमति भएको वीरगञ्ज–काठमाडौँ रेलमार्गका विषयमा पनि आजदेखि शुरु हुने बैठकमा छलफल जनाइएको छ । नेपालगञ्जमा पनि सामान ढुवानीका लागि रेलमार्गले जोड्न सर्वेक्षण शुरु भएको छ । सामान ढुवानी गर्ने रेल नेपाल–भारत सीमाबाट पाँच किमी वरसम्म ल्याइनेछ ।
भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेका रेल आयोजनाका बारेमा पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here