×

सेढवा, असार २६ - नयाँ संबिधान अनुुसार गत निर्वाचनमार्फत स्थानीय सरकारको रुपमा चुनिएको स्थानीय तहले जनताका बिच आफ्नो काम कारवाहीलाई पारदर्शी रुपमा परिक्षणको कसीको रुपमा लैजाने अवसरको रुपमा पर्साको जिराभवानी गाउँपालिकाले मंगलवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

जिरा भवानी गाउँपालिकाको सेढवास्थित माध्यमिक विद्यालयको प्रांगणमा स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधि तथा सेवा प्रदायक सरकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भयो ।

सार्वजनिक सुनुवाईमा स्थानीय सर्वसधारणले आगामी बर्षको नीति तथा कार्यक्रमा समेटिनु पर्ने बिषयहरु र यसअघि स्थानीय तहबाट सम्पादन भएका काम कारवाहीसंग जोडिएका जिज्ञासा राखेका थिए । डुबानका समस्या समाधान, जंगली जनावरले मानव बस्तीमा गर्ने क्षतिको रोगथाम, कृषीमा पर्याप्त बजेट र जानकारीहरु पर्याप्त मात्रामा प्रवाह गर्नु पर्ने लगायतका स्ुझाव स्थानीय जनताले प्राथमितासाँथ उठाए । असार ३२ गते हुन गइरहेको गाउँसभा परिषदको तयारीमा सार्वजनिक सुनुवाईमा प्राप्त सल्लाह सुझावको आफुहरुले योजना निर्माणमा उपयोग गर्ने जिराभवानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले उद्घोष गरे ।

गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष महादेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेका गाउँपालिकाका प्रमुख रामप्रीत महतोले स्थानरयि जनातको सल्लाह सुझाव लिएर आफुहरु बिकास कार्य तथा सेवालाई जनताले अनुभुति गर्ने गरी सम्पादन गर्ने प्रतिबद्ध रहेको बताए । उनले बिकास निर्माणमा कार्यसंगै शिक्षा, जनस्वास्थ्य, कृषी र रोजगारी बृद्धी प्राथमिकतामा रह्ने उनले बताए । सहयोगि नेपाल संस्थाले संयोजन गरेको कार्यक्रममा गाउँपालिका कि उप प्रमुख उषा चौधरीले गाउँपालिकामा न्यायिक समितिको प्रमुख र जनप्रतिनिधिको हौसियतले लाभग्राहीहरु सन्तुष्टी हुने गरी काम गर्ने प्रतिबद्धता जनाइन् ।

संयोजनकर्ता संस्थामा अध्यक्ष समेत रहेका परामर्शदाता तबरेज अहमदले नगारिक संर्वेक्षण र बहिर्गमन प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका अतिथी रहेका नेपाल पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले सार्वजनिक सुनुवाई पारदर्शी र जवाफदेहिता कायम गर्ने शुसाशनको औजार रहकोले यस्तो कार्यक्रम आयोजन गर्नुलाई प्रसंशा गरे । उनले अरु पालिकाहरुले यसको अनुकरण गर्नु पर्ने बताए ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष शेख नुमान आलम, ३ का उमेशकुमार सिंह, ४ का सुभाष राउत थारु, र ५ का अध्यक्ष दारा सिंह थारुले जनताले उठाएका प्रश्नहरुको जवाफ दिदै आफुहरु बिकास निर्माणका लागि प्रतिबद्ध भएर लागेको बताए । संयोजनाकर्ता संस्थाका प्राविधिक परामर्शदाता आँशु सर्राफ, पत्रकार जय यादव लगायतका उपस्थिती थियो । ​

Back to top