×

वीरगञ्ज, २५ असार पर्सा प्रहरीले वीरगञ्ज रानीघाटबाट एक करोड १५ लाख रुपैयाँ सहित राहुल केशरी पक्राउ परेका छन ।

उनीसंगै राहुलका दाजु रोहित केशरी र भाई रोशन केशरी र भान्जा बुधन केशरी काम गर्ने रबी शर्मालाई प्रहरीले हिजोनै गिरफतार गरेर सोध पुछ गरि रिहा गरिदिएको छ । राहुल केशरी पशुपति ट्रान्सपोर्टमा काम गर्ने महेश केशरीका छोरा हुन उनिसंगै उनका दाई रोहित केशरी पनि संगै काम गर्छन । महेश केशरी र रोहित केशरी र राहुल केशरी पशुपति ट्रान्सपोर्टका मालिक राजेन्द्र गुप्ताका विश्वासपात्र व्यक्ति भएको ले केशरी को नाममा धेरै किसिमको कारोबार गुपताले गर्दै आएका थिए । गुप्ता केही वर्षदेखि हुण्डी कारोबारमा संलग्न भएकोले सो रकम राजेन्द्र गुप्ताकै भएको श्रोतले दावी गरेको छ । गुप्ताको नेपाल–भारत दुबइ र सिंगापुर चारैतर्फ ट्रान्सपोर्टको व्यापार भएकोले उनलाई हुण्डीको कारोबार गर्न सजिलो भएको जानकारी दिनेले बताएका छन । यसबारेमा राजेन्द्र गुप्तासंग बुझदा महेश केसरी भन्ने मान्छे मेरो कम्पनिमा काम गर्छ भनेर सुनेको छु म कहा धेरै मन्छे काम गर्छन सबैको बारेमा मलाई थाहहुने कुरा भएन मेरो यस घटनामा कुनै लेनादेना छैन । असार २४ वीरगञ्जमा प्रहरीले एक करोड १५ लाख रुपैयाँभन्दा बढी रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्जको रानीघाटबाट सो नगदसहित आइतबार राहुलका दाजु रोहित केशरी र भाई रोशन केशरी र भान्जा बुधन केशरी काम गर्ने रबी शर्मालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए । प्रहरीले केशरीबाट स्रोत नखुलेको १ करोड १५ लाख ५ हजार १ सय ५० रुपैयाँ नगद बरामद गरिएको थियो ।

Back to top