नेशनल मेडिकल कलेजलाई मिलेमतोमा कर छुट दिइयो–सांसद विमल श्रीवास्तव, घोटालाको तत्काल छानविन गर्न माग,भिडियो सहित

2578

वीरगञ्ज, २५ असासर, पर्सा क्षेत्र नम्बर २ का सांसद विमलप्रसाद श्रीवास्तले वीरगञ्ज माहानगरपालिका र नेशनल मेडिकल कलेजको आपसी मिलेमतोमा कर छुटको प्रपञ्च मिलाइएको आरोप लगाएका छन् । सांसद श्रीवास्तवले सोमबार व्यवस्थापिका संसदको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै कर छुट प्रकरणलाई कालेकाले मिलेर खाउँ भालेको संज्ञा दिएका हुन् । विभिन्न बाहाना र प्रक्रिया मिलाएर महानगरले मेडिकल कलेजलाई करोडौं कर छुट दिएको श्रीवास्तवले बताए । उनले यो विषयमा तत्काल छानविन गरी कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षणसमेत गराए । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता अपनाउने बताए पनि प्रक्रिया पु¥याएरै भ्रष्टाचार भइरहेको सांसद श्रीवास्तवको भनाइ थियो । उनले नेशनल मेडिकल कलेजलाई कर छुट दिइनु यस्तै भ्रष्टाचारको नमूनामात्र भएको दाबी गरे । १० वर्षदेखि महानगरलाई कर नतिरेको कलेजलाई दण्डित गर्नुपर्नेमा महानगरले उल्टै प्रोत्साहन गरेको आरोप उनले लगाए । वीरगञ्जमा मेडिकल कलेजका नाममा अराजकता मच्चाएको मेडिकल कलेजले काठमाडौंमा समेत आफ्नो हाँगाबिँगा फैलाइसकेको खोजेको उनले बताए । विगतमा नेशनल मेडिकल कलेजले महानगरलाई १० करोड रुपैयाँ कर तिर्नुपर्ने देएिकोमा नगर प्रमुख विजयकुमार सरावगीले नगरसभाबाटै ४ करोड ९२ लाख रुपैयाँ लिएर बाँकी कर मिनहा गरिदिएका थिए । ठूलो आर्थिक चलखेलमा मेडिकल कलेजलाई कर छुट दिइएको भन्दै आलोचना भइरहेको छ ।

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी वर्तमान प्रधानमन्त्री के.पी.शर्मा ओली संगै दिनै पिच्छे सेल्फी खिचेर फेसबुकमा अपलोड गर्नु र वीरगंज महानगरपालिकाले १० करोडको ठाउमा ४ करोड ९२ लाख रुपैयाँ राजश्व लिएर कलेजलाई उन्मुक्ति दिनु पछाडीको रहस्यलाई उजागर गर्दै सांसद श्रीवास्तवले प्रतिनिधी सभामा पोल खोलेका हुन ।


SHARE