दिल्लीः यूनाइटेड मधेशीको महाधिवेशन सम्पन्न, अध्यक्षमा अलोक साह

444

Share
  •  
  •  
  •  

नयाँ दिल्ली  २४ असार भारतको राजधानी दिल्लीमा रहेका मधेशीहरुको छाता संगठन युनाइटेड मधेशीको महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ।

आइतबार दिल्लीस्थित लक्ष्मीनगरमा भएको महाधिवेशनबाट अलोक साहको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राखी साह र रामबाबु साह रहेका छन् भने महासचिवमा रितेश यदुबंशी र सचिवमा रुपेश पटेल निर्वाचित भएका छन्।

यसैगरी कोषाध्यक्षमा शंकर चौधरी, सह–कोषाध्यक्षमा अरविन्द सहनी, संयोजकमा रोशनकुमार झा, प्रवक्तामा धनन्जय चौरशिया र मिडिया संयोजकमा असिश साह निर्वाचित भएका छन्।

सल्लाहकारहरुमा रामदयाल महतो, उमाशंकर यादव र सुरेन्द्र महतो चयन भएका छन्।

केही वर्षअघि स्थापना भएको युनाइटेड मधेशीले दिल्लीमा मधेशीहरुको पक्षमा वकालत गर्दै आएको छ। मधेश आन्दोलनका क्रममा प्रदर्शन गर्दा युनाइटेड मधेशीका नेताहरु पक्राउसमेत परेका थिए।

संजय यादव युनाइटेड मधेशीका संस्थापक अध्यक्ष हुन् भने दिल्लीमा रहेका प्रविण कर्ण र नागेन्द्र साहलगायतका मधेशी अगुवाहरुले संस्थाको संरक्षण गर्दै आएका छन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here