बलिउडमा बायोपिकको बाढी, फेरि आँउदै नयाँ बायोपिक

63

बलिउडमा अहिले बायोपिकको बाढी नै लागिरहेको छ । केही दिन अघि मात्र रिलिज भएको बायोपिक फिल्म सन्जुले बजारमा राम्रो चर्चा पाइरहेको छ । फिल्मले राम्रो कमाई पनि गरिरहेको छ । केहि समय अघि सन्नी लियोनीको पनि बायोपिक बन्ने खबरले अहिले सिने बजारमा चर्चा बटुलि रहेको छ । यदि सन्नी लियोनीको बायोपिक फिल्म बनेमा उक्त फिल्मले पनि राम्रो चर्चा बटुल्ने कुरामा दुईमत छैन ।

यस्तैमा नोबल पुरस्कार विजेता मलाला यूसुफजईको बायोपिक बनेको छ । जसको पोस्टर मंगलबार सार्वजनिक भएको थियो । अमजाद खानको निर्देशन रहेको उक्त फिल्ममा, मलालाको भूमिका रिम शेखले निभाएको छ। रीमले यसअघि टेलिफिल्म लाडो, दिया अर बाती हम जस्ता टिभी शोमा काम गरिसकेका छन्। उक्त फिल्ममा अतुल कुलकर्णी, दिव्य डत्ता, पंकज त्रिपीथी र स्व ओम पुरीजस्ता कलाकारहरू अभिनय रहेको छ। फिल्मको रिलिज मिती भने तय गरिएको छैन ।


SHARE