×

वीरगन्ज २० असार - संघिय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले बाढी पहिरोबाट क्षति भएका बाढी पिडितहरुलाई तुरुन्त राहत दिन नेपाल सरकारसँग माग गरेका छन । आज बसेको संघिय संसदको बैठकमा बोल्दै सांसद यादवले बाढी पहिरोले मृत्यु भएका परिवारप्रति सम्बेदना प्रकट गर्दै बाढी पिडितलाई राहत र मृत्कलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका थिए ।

वीरगंज महानगरपालिकाको आद्या दर्जनभन्दा बढी वडाहरु डुबानमा परेका छन् । सिर्सिया नदी २०२१ सालमा ३ सय ५० मिटर चौडाईबाट अहिले मालपोत र नापीका भुमाफियाहरुको कारण खुम्चीएर ४०÷५० मिटरमा सिमित भएको छ । अहिले त्यो सम्पुर्ण जग्गाहरु व्यक्तिको नाममा कायम भएकाले ति जग्गा छानविन गरि नेपाल सरकारको कायम गर्नुपर्ने उनले सांसदमा माग गरेका थिए । नदी खुम्चीएकै कारण बाढीले मितेरी पुल, रानिघाट पुल, रामघरवा पुलमा पानिको बहाव कम भएर वीरगंज महानगर डुबानमा परेको छ ।

[video width="720" height="720" mp4="http://yatradaily.com/wp-content/uploads/2018/07/InShot_20180704_150828313.mp4"][/video]

वीरगंजन महानगरपालिकासंग सम्झैता भई एशियालि विकास बैकको ३ अर्बको परियोजनामा ईन्जिनियर शैलेन्द्र श्रेष्ठले ठेकेदारसँग मिली पैसा खाएर डिजाईन परिवर्तन गरेका कारण वीरगंजमा डुबानमा परेको सांसद यादवले बताएका थिए ।

सांसद प्रदिप यादवले महानगरको अर्बौको प्रोजेक्ट ईन्जिनियर श्रेष्ठका कारण वीरगन्ज डुबानमा परेकाले तुरुन्त छानविन गरि ईन्जिनियर श्रेष्ठ कार्वाहीको माग गरेका थिए । तिनदीन देखी लगातार परेको पानीले पर्सा जिल्लाको पर्सागढी नगरपालिका कक्षा नौँ मा पढ्दै गरेकी प्रतिमा कुमारी राम र ४ बस्ने सुरेन्द्र महतोको हिजो विद्यालयबाट घर जाने क्रमममा घण्टी खोलामा डुबेर मृत्यू भएको थियो ।

यस्तै आज विहान वीरगंज महानगरपालिका वडा नम्बर २४ रामघरवाका आलोक कुमार यादवको १० वर्षिय बच्चाको मृत्यु भएको छ । उनका बहिनि ८ वर्षिय प्रतिमा यादवको गम्भीर घाईते भएकी छिन् ।

Back to top