×

वीरगञ्ज १९ असार - वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी आफ्नो स्वार्थका लागि बोली फेर्न सिपालु चालुपूर्जा राजनीतिकर्मीको रुपमा दर्ज हुन पुगेका छन् । एकदिन दिएको अभिव्यक्तिको खण्डन गर्दै भोलिपल्टै त्यसको प्रतिवादमा उत्रिनुलाई नगरवासीले छेपारो प्रवृत्तिको रुपमा बुझ्न थालेका छन् ।

चुनावताका वीरगञ्जको कायापलट नै गर्छु भनेर चुनाव जितेका सरावगी पदमा पुगेपछि महानगरपालिको भद्रगोललाई दोष देखाएर जिम्मेवारीबाट पन्छिने बाहानाबाजी खोजिरहेका छन् । आफूलाई राजनीतिकर्मी मान्नसमेत कञ्जुस्याई गर्ने सरावगीले वीरगन्जबासीसमक्ष स्वार्थका लागि फोहोरी र आरोपप्रत्यारोपको गेम देखाइरहेका छन् ।

उनले वीरगन्जबाट प्रकाशित हुने पत्रपत्रिकामा दुई दिनमा दुई किसिमका अभिव्यक्ति दिएका छन् । लौ हेनुस्, असार १८ गते वीरगन्जबाट प्रकाशित प्रतीक दैनिकमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले दिएको अभिव्यक्तिमा आधारित हेरौं समाचार http://www.prateekdaily.com/2018/07/blog-post_43.html

त्यसको भोलिपल्टै प्रकाशित साझा समाचार दैनिकमा सरावगीले आफूले राजीनामा दिने कुरा हावादारी भएको बताएका छन् । साझा सामाचारसँगको कुराकानीमा नगर प्रमुख सरावगीले महानगरका जनताले आफुलाई ५वर्षको लागि नगर प्रमुखमा निर्वाचित गरेकाले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन ।

हेरौं समाचार :-http://www.sajhasamachar.com

नगर प्रमुख निकट स्रोतका अनुसार सरावगीले आफ्नो निहीत स्वार्थका लागि मिडियालाई दुरुपयोग गरिरहेका छन् । नगरसभामा बजेट पास हुन नसकेपछि राजीनामाको कुरो मिडियामा उठाउनु बोर्ड सदस्यलाई इमोशनल ब्ल्याकमेल गर्ने उपाय भएको स्रोतले बतायो ।

प्रतीक दैनिकमा यो समाचार आएपछि सोमबारको परिसद्बाट बजेट पास भएको छ । बजेट पास भएलगत्तै प्रमुखले अर्को मिडिया साझा समाचार दैनिकमा अघिल्लो समाचारको खण्डन गरेका छन् । वीरगञ्जका मिडियासमेत यसरी सरावगीको स्वार्थको औजार बन्नुलाई नगरवासीले सन्देह मानेका छन् ।

मिडिया दुरुपयोगमा मेयर सरावगीको कुटिल चलाखी त आफ्नो ठाउँमा छ, ती मिडियाको के स्वार्थ जोडिएको छ ? सरावगीले भन्दै नभनेको कुरा प्रतीक दैनिकले छापेको हो कि सरावगीको चरित्र नै द्वैध हो ? यो पनि खोजीको विषय बनेको छ । यो प्रतीक दैनिकले हाल कायम राखेको विश्वसनीतामाथि पनि गम्भीर चुनौती हो ।

Back to top