×

वीरगन्ज १८ असार - दुईदिनदेखिको लागातारको बर्षाले जनजीवन प्रभावित भएको छ । पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ, भने तराईमा डुबानको जोखिम बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले केही दिन पानी रोक्ने सम्भावना कम रहेको जनाएको छ ।निरन्तरको बर्षाले कतिपय स्थानमा पानी घर भित्र पस्न थालेपछि सर्वसाधारण डबान पर्ने डरले त्रसित भएका छन् ।

गतबर्ष आएको बर्षासँगैको बाढीले मध्यतराईमा जनधनको निकै क्षति भएकोले यस पटक पनि त्यस्तो घटना दोहोरिन सक्ने चिन्ताले सर्वसाधारण सताएको छ । दुईदिन परेको पानीले वीरगन्ज महानगरपालिकाको विभिन्न भाग जलमग्न भएका छन् । अविरल बर्षाको पानीले वीरगन्जको ओम आश्रम, गहवा, भिस्वा लगायतका स्थान जलमग्न भएको हो । डुबान समस्या समाधानका एशियाली विकास बैंकको आर्थिक सहयोगमा वीरगन्ज महानगरपालिकाद्वारा निर्माणधिन मझौला सहर तथा सहरी वातावरणीय सुधार आयोजना समयमा सम्पन्न नहुँदा बर्सेनि महानगरवासीहरु डुबानमा पर्न बाध्य भएका छन् ।

आयोजनाको काम अन्तिम चरणमा पुगेको जनाएपनि पानीको उचित निकास नहुदा अझै महानगरवासी डुबानमा पर्ने देखिएको छ । आयोजनाका प्रमुख इञ्जिनियर शैलेन्द्र श्रेष्ठलाई मोबाईलमा सम्पर्क गर्दा उनी मोबाईल जहिले पनि सिस्टममा राखेर सम्पर्क हुन नसक्ने बनाएर राख्ने गरेका छन् । आयोजनाको बारेमा चासो राख्ने सर्वसाधारण नागरिकलाई जानकारी दिएर सन्तुष्ट बनाउनुपर्नेमा मोबाईल नम्बर नै सिस्टममा राखेर जवाफ दिनबाट पञ्छिने गर्दा सर्वसाधारणमा आक्रोश बढन थालेको छ ।

यसैबीच वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्म कुमार भुषालले बाढी र डुबानबाट बच्न सतर्कतना अपनाउन अनुरोध गर्नुभएको छ । उनले आफ्नो फेसबुक वालबाट वीरगञ्जबासी लगायत सबै तराईबासी दाजुभाइ दिदीबहिनीहरुमा अनुरोध भन्दै सुरक्षित रहन अनुरोध गरेका छन् । भीषण बर्षा भैरहेको र यो एक दुई दिन लम्बिने मौसम विभागको अनुमान रहेकोले नदी किनारा र सम्भाव्य डुबान क्षेत्रमा रहेकाहरु सतर्क अवस्थामा रहन र सुरक्षित स्थानहरुको पहिचान गरी आवश्यक परे तत्काल त्यता जान सञ्चार माध्यमहरुबाट हिजैदेखि सूचना प्रशारण गरिएको जानकारी दिए । तर डुबानमा परेका वीरगन्ज बासी जानकारी दिन खाेजदा उनिले समाजिक संजालमा लेखेकाे माेबाईल सिसटममा राखी सुईच अफ गरेका छन ।

वीरगञ्ज महानगरपालिकाभित्र कुनै स्थानमा पानीको सतह जोखिमको तहसम्म बढ्यो भने तत्काल प्रमुख प्रशासकीय अधिकृतको ९८५५०८४१११ वा इञ्जिनियर सुनिल कर्णको ९८५५०३६४९० मा फोन गर्न अनुरोध गरेका छन् । जिल्लास्थित विभिन्न निकायहरुको विपद् व्यवस्थापन संयन्त्र परिचालन गरिने तथा जिल्लास्थित जुनसुकै स्थानका नागरिकहरुले विपद् व्यवस्थापनको नेतृत्व गर्ने सिडियो कार्यालयमा सोझै सम्पर्क गर्न समेत प्रमुख पशासकीय अधिकृत भुषालले अनुरोध गरेका छन् । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्म कुमार भुषालले समाजिक संजालमा लेखेकाे फटही कुराले वीरगन्ज बासी निरास भएका छन ।

Back to top