×

वीरगन्ज १८ असार पर्सामा आएको बाढीले एक बालिकाकोे मृत्यु भएका छ भने एक बालक बेपता भएका छन । पर्सागढी नगरपालिका वडा नं. ८ हरपुर रमउली निवासी जादोलाल रामको छोरी बर्ष १५ को प्रतिमा रामकोे मृत्यु भएको हो । कक्षा ९ मा पढने प्रतिमा परिक्षा दिएर स्कुलबाट घर र्फकिने क्रममा फन्टीनदी पार गर्ने लाग्दा उनलाई नदीले बगाएकोले मृत्यु भएको अस्थाई प्रहरी चौकी बिरुवागुढी बढनियारका प्रहरी साहयक निरिक्षक प्रभु कुमार जयसवालले बताएका छन । प्रतिमा संगै आउदै गरेका स्थानिय जोखु महतोका भान्जा बर्ष १५ को सुरेन्द्र महतो समेत वेपता भएका छन । प्रसनी जयसवालले भने चारजना बालबालिका एक साथ परिक्षा दिएर घर आउन लागेका मध्ये २ जनाको सकुशल उदार गरिएको छ भने एक जना हाल सम्म वेपता भएका छन र प्रतिमाको शव फेलापरेको छ ।

नदिपार गर्ने बेलामा सुमन पासवान र प्रतिमा चौरसियालाई सकुशल उदार गरिएको थियो । वेपता भएका सुरेन्द्रको खोज कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top