पाँच वर्षभित्र पर्यटन र कृषि क्षेत्रमा क्रान्ति नै आउँछ – ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ

311

देश–२ अन्तर्गत पर्सा जिल्लाको सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिका पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिकरूपमा महŒवपूर्ण मानिन्छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहFँका महŒवपूर्ण स्थलहरूको एकपटक भिजिट गरेपछि मन छुने खालका मनमोहक दृश्यहरू मानसपटलमा घुमिरहन्छ । वरपर पहाडले घेरिएको तराईको ‘मिनी उपत्यका’को रूपमा चिनिने ठोरी यसै गाउँपालिका अन्तर्गत पर्दछ । छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका पर्वतशृङ्खला सFसारी डाँडा, चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जले घेरिएको कारण पनि यस क्षेत्रको बेग्लै महŒव छ । ऐतिहासिकरूपले पनि यो क्षेत्र महŒवपूर्ण छ । तानाशाही राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउन सङ्घर्ष गर्ने योद्धाहरूले समेत यस क्षेत्रको प्रयोग गरेका थिए । देशको सबै क्षेत्रमा सडक तथा यातायात नपुगेको समयमा ठोरीबाटै नुन लगेर खाने गरेकाले पनि यो ठाउँ नुन थलोको रूपमा प्रख्यात छ । यस ठाउँको प्रचारप्रसार र सरकारले चासो देखाउने हो भने पर्यटन क्षेत्रको विकास तथा देशको अर्थतन्त्रलाई मजबुत पार्न यसको भूमिका अग्रणी रहने देखिन्छ । पर्यटकीय नगरीको रूपमा विकास गर्नका लागि स्थानीय सरकारले कस्तो पहल गरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठसँग प्रेम लामाले गरेको कुराकानीः–

ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना तपाईंसँग के के छन् ?

अध्यक्ष–ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि स्थानीय स्तरदेखि केन्द्रसम्म पहल जारी छ । विज्ञ टोलीसँग पनि निरन्तर छलफल चलि नै रहेको छ । चितवनको सौराहादेखि कसरा आउने हजारौं विदेशी पर्यटकलाई ठोरी भिœयाउने लक्ष्यका साथ योजना तयार हुँदैछ । पर्साका साथै छिमेकी जिल्ला बारा, रौतहटबाट आन्तरिक पर्यटकलाई समेत कसरी ठोरी भिœयाउन सकिन्छ भन्ने प्रयास जारी छ । विशेषतः छिमेकी मुलुक भारतको विभिन्न शहरबाट आउने पर्यटकहरूलाई थप व्यवस्थित गरी कसरी अझ गाउँपालिकाको भित्री भागसम्म पु¥याउन सकिन्छ भन्नेबारे पनि अध्ययन भइइरहेको छ । यहाँको रमणीय स्थल घुम्ने र एक–दुई रात यतै बिताउने वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन भइरहेको छ । यस क्षेत्रलाई भारतीय पर्यटकहरूले अति नै मन पराएको पाइन्छ । त्यसैले बिहार क्षेत्रका विधायकलगायत अन्य सम्बन्धित पक्षसँग छलफल प्रक्रिया अघि बढाउने योजना बनाइरहेका छौं ।
पर्यटकीय क्ष्Fेत्रको रूपमा विकास गर्न यो वर्ष ठोरी गाउँपालिका–२ को इच्छानगरदेखि शिकारीवास, पानीटंकी हुँदै ठोरी गाउँपालिका–४ सम्म पुग्न जीप तथा हात्ती सफारीका लागि ट्र्याक खोल्ने काम गर्दैछौं । यसको लागि बजेटसमेत विनियोजन गरिएको छ । यसका लागि चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जका वार्डेनहरूसँग कुरा भइसकेको छ । मध्यवर्ती क्षेत्र हुँदै यो ट्र्याक खोलिने छ । यो ट्र्याक खोलिएपछि जीप तथा हात्ती सफारीबाट बाह्य एवं आन्तरिक पर्यटक बढ्ने विश्वास हामीले लिएका छौं ।
ठोरी गाउँपालिका धार्मिकरूपले पनि निकै महŒवपूर्ण मानिन्छ । यस क्षेत्रमा बागमोर्चामाईको मन्दिर, वनशक्ति मन्दिर, सिद्धेश्वर मन्दिरलगायत थुप्रै मन्दिरहरू छन् । जहाँ भक्तजनले दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । तर प्रायः मठमन्दिर रूखका फेदमा जीर्ण अवस्थामा छन् । अहिलेको जमाना कस्मेटिक जमाना पनि हो । त्यसैले भक्तजन र पर्यटकहरूलाई थप आकर्षित गर्न मठमन्दिरहरूको पुनःनिर्माण जरुरी छ । त्यसैले मठमन्दिरहरूलाई पुनःनिर्माण गर्दै लगिने छ । जनजातिहरूको बाहुल्य रहेको क्षेत्र पनि हो । सबै जातजातिको धार्मिक आस्थाका मठमन्दिर निर्माण गर्दै लैजाने योजनामा छौं । यस क्षेत्रमा रहेका खोलाहरूमा झोलुङ्गे पुल थप निर्माण गर्ने योजना पनि छ ।

हजारौं पर्यटक भिœयाउने योजना बुन्दै हुनुहुन्छ । सुविधासम्पन्न होटलहरू खुल्न सकेका छैनन् । व्यवस्थित बजार पनि छैन । आउने पर्यटकलाई कसरी व्यवस्थित बनाउन सकिन्छ त ?

पर्यटकहरूलाई व्यवस्थित पार्नका लागि हामीले होमस्टे शैलीमा जोड दिएका छौं । ठोरी गाउँपालिकाको सुवर्णपुरमा सञ्चालनमा रहेको होमस्टे तराई–मधेसमैं पहिलो हो । त्यस्तै अन्य वडामा पनि होमस्टे सञ्चालनका लागि बजेट विनियोजन गरेका छौं । जसले गर्दा पर्यटकहरूलाई होमस्टेमार्फत् व्यवस्थित गर्ने योजनामा छौं । किनभने होमस्टे सञ्चालन गर्दा यहाँको धार्मिक, सांस्कृतिक क्षेत्रको पहिचान हुछ । स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य वस्तु खपत हुन्छ । घरघरमैं रोजगारको सिर्जना हुन्छ । जसबाट यहाँका मानिसको जीवनस्तर सुध्रिने विश्वास लिएका छौं ।

अङ्ग्रेजी नयाँ वर्षका दिन आउने हजारौं भारतीय पर्यटकहरूलाई कसरी व्यवस्थापन गर्ने योजना बनाउँदै हुनुहुन्छ ?
अङ्ग्रेजी नयाँ वर्षका दिन हजारौंको सङ्ख्यामा भारतीय पर्यटक ठोरी आउने गरेका छन् । उनीहरूबाट हामीले प्रत्यक्ष फाइदा लिन सकिरहेका छैनौं । उनीहरू बोर्डर नजिकका स्थानहरू घुम्ने र वनभोज खाएर फर्कने गरेका छन् । उनीहरूलाई ठोरी गाउँपालिका भरिको रमणीय स्थान घुम्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो । ठूलो सङ्ख्यामा घुम्न आउने बाह्य पर्यटकलाई एक–दुई रात बस्न सक्ने गरी व्यवस्थापन गर्न सके मात्र हामीले फाइदा लिन सक्छौं ।

पर्यटकीय विकास हुँदा होटल व्यवसाय गर्नेलाई मात्र फाइदा पुग्छ हैन र ? यस क्षेत्रका बासिन्दालाई कसरी फाइदा पुग्छ त ?

पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दा स्थानीय किसानहरूलाई नै प्रत्यक्ष फाइदा पुग्ने हो । यस क्षेत्रको कृषि उपज यही उपयोग हुन्छ । यस क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुन्छ । स्थानीय स्तरमा उत्पादन भएका तरकारी, कुखुरा, खसीबाख्रा, माछा, अन्य कृषि उपजको सदुपयोग यहीं हुन्छ । अन्नबाली पनि यहीं खपत हुन्छ । कृषि उत्पादनमा जोड दिन स्थानीय सरकारले कृषिमा अनुदान उपलब्ध गराउने छ । जसले किसानलाई नै फाइदा पुग्ने हो । पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दा कृषि क्षेत्रको विकास गर्नु अनिवार्य हुन्छ । त्यसैले यी दुवै क्षेत्रको विकासले मात्रै यस क्षेत्रको विकास सम्भव छ । पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदा यहींका युवाले रोजगार प्राप्त गर्नेछन् ।

होटल व्यवसाय तथा बजारको विकासको लागि स्थानीय सरकारको कस्तो पहल रहने छ ?

होटल व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई उत्साहित गर्ने कार्यक्रम ल्याइने छ । सुविधा सम्पन्न होटल स्थापना गर्नका लागि बारिहबाट धेरैले इच्छा तथा चासो देखाएका छन् । होटल तथा बजारको विकासका लागि स्थानीय सरकारले कानुनीरूपमा गर्न मिल्ने सहयोगहरू गर्नेछ ।

यो गाउँपालिका प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । तर पनि पर्यटकीय क्षेत्र घोषणा हुन सकेको छैन ?

ठोरी गाउँपालिकाको विकासको आधार भनेकै पर्यटन र कृषि हो । स्थानीय सरकारको नीति तथा कार्यक्रममा पनि यिनै दुई कुरालाई प्राथमिकता दिइएको छ । आप्mनो पार्टीको घोषणापत्रमा पनि यिनै दुई कुरालाई जोड दिइएको छ । ठोरीको विकासको आधार भनेकै पर्यटन क्षेत्र र कृषि क्षेत्रको विकास हो । यी दुवै कुरालाई सँगसँगै अघि बढाउन सके मात्रै यस ठाउँको विकास सम्भव छ । यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गराएर आय आर्जन बढाउन सकिन्छ । अर्को कुरा कृषिको विकास हो । पर्यटन विकासका लागि पनि यस क्षेत्रलाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्नु जरुरी छ । विश्वास गर्नुस्–पाँच वर्षभित्र पर्यटन र कृषि क्षेत्रमा देखिने गरी क्रान्ति नै आउँछ । जसले गर्दा यहाँको विकास द्रुतगतिमा हुनेछ । पर्यटकीय क्षेत्रको रूपमा पनि घोषणा हुनेछ ।

यहाँबाट स्थानन्तरण क्रम बढ्दो छ, कसरी रोक्न सकिन्छ ?

यहाँबाट मानिसहरू स्थानन्तरण भएकै हुन् । वर्षौंदेखि यहाँका बासिन्दाले एक दिन पनि सुखको साँस फेर्न पाएनन् । एक दिन पनि सुखी भयौं भन्ने महसुस गर्न पाएनन् । जङ्गली जनावरको आतङ्क, खोलानालाको आतङ्क त्यति नै । उब्जनीको हिसाबले जति मेहनत ग¥यो त्यति उत्पादन हुन सकेन । डाँका तथा चोरको बिगबिगी त्यतिकै छ । जिल्ला सदरमुकाम वीरगंज आवतजावतमा समस्या । समस्याको पहाड चुलिंदै गएपछि स्थानन्तरण क्रम बढेकै हो । सुविधा उपभोग गर्ने क्रममा यहाँका मानिसहरू पनि स्थानन्तरण हुँदै चितवन, हेटFैंडालगायत शहरमा पलायन भएका हुन् । तुरुन्तै जादूको छडी त हामीसँग छैन । तर पनि आशा जगाउने काम गर्छौं । पाँच वर्षमा केही न केही जनताको हितमा काम गर्नेछौं । फलस्वरूप स्थानन्तरण हुने क्रम रोकिने छ ।


SHARE