×

वीरगञ्ज १५ असार पर्सा प्रहरीले अवैध सुन सहित आज एक जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं १६ मा रहेको ईनर्वा प्रहरी चौकीबाट सई त्रिभुवन साहको कमाण्डमा खटेको टोलीले वीरगंज महानगरपालिका वडा नं १६ स्थीत शंकरार्चाय गेट नजिकबाट अवैध एक किलो सुन सहित एक जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले पत्रकार सम्मेलनगरी जानकारी दिएको छ । प्रहरीले ना ४८ प ३७७४ न.को मोटरसाईकल वीरगंजबाट भारततर्फ गईरहेको अवस्थामा शंका लागी चेकजाच“ गर्दा मोटरसाईकलको एयर फिल्टरमा लुकाई छिपाई लगिरहेको एक किलो अवैध सुन सहित जिल्ला सर्लाही, हरिपुर नगरपालिका वडा नं ९ बस्ने वर्ष ३८ को संतोष कुमार साह कलवारलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पक्राउ गरिएको मानिस र सुन आवश्यक कार्यवाहीका लागी राजश्व अनुशन्धान कार्यालयमा पठाउने प्रहरी उपरिक्षक ढकालले बताउनु भयो । सुन चाही वीरगन्जका एक सुनचादी व्यपारीकाे रहेकाे संक्का गरिएकाे प्रहरी एक श्राेतले जनाएकाे छ ।

Back to top