३३ किला सुन तस्करी प्रकरणमा वीरगञ्जका राजु दारुका पक्राउ वीरगन्ज र रक्सौलका अन्य सुन ब्यपारी पनि निगरानिमा

1273

वीरगंज १२ असार साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन गरिरहेको गृह मन्त्रालयका विशेष अनुसन्धान समितिले सुन व्यवसायी राजु दारुकालाई पक्राउ गरेको छ । केहि दिन अगाडि सुन कारोवारी विमल प्रसाद लाई अनुसन्धान टोलीले पक्राउ गरी सोधपुछ पश्चात दारुकाको नाम अएको थियो । सोहि व्यानको अधारमा दारुकालाई पक्राउ गरेको सुत्रले बताएको छ । हिजो काठमाडौंको अन्नपुर्णा होटल मा छोराको विहेको पार्टी चलीरहेको बेला अनुसन्धान टोलीले पक्राउ गरको छ । सनम शाक्य हत्या काण्ड पश्चात लुकाइएका सुन दारुका संग हुनुपर्ने संकामा पक्राउ गरेको प्रहरीको एक विश्वस्त सुत्रले बताएको छ । स्रोतका अनुसार उनको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल छ । उनी वीरगञ्जमा ठूलो एवं प्रतिष्ठित सुन कारोबारीका रूपमा चिनिन्छन् । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ । वीरगन्ज र रक्सौलका अन्य सुन ब्यपारीहरु पनि गृह मन्त्रालयका विशेष अनुसन्धान समितिको निगरानिमा रहेका छन ।


SHARE