×

वीरगन्ज १२ असार वीरगंज महानगरपालिकाले सडक बोर्डबाट प्राप्त रकमलाई अनियमित तरिकाले खर्च गरेको पाइएको छ । सडक बोर्डले वीरगंज महानगरलाई आव २०७४–७५ मा महानगर क्षेत्रका कालोपत्र सडकहरू मरम्मत सम्भार प्याचिंग मात्र गर्न रु १ करोड ८० लाख पठाएको थियो । सो रकम सडक बोर्डले स्पष्टरूपमा तोकिएको कार्यमा खर्च गर्न उल्लेख गरे पनि रकम विभिन्न स्थानमा कालोपत्र निर्माण गरी खर्च गरिरहेको छ ।

वीरगंज महागनरले सडक बोर्डको यो रकम निर्धारितभन्दा फरक ढङ्गले खर्च गरे पनि प्रभावकारी भने देखिएको छैन । अहिले महानगरले पुरानो सिगरेट प्mयाक्ट्री क्षेत्र, रेशमकोठी, बिर्ता, आदर्शनगर, माईस्थान मन्दिर परिसरलगायत क्षेत्रमा कालोपत्र सडक निर्माण गर्दैछ । यो काम सडक बोर्डले दिएको अधिकारबाहिर हो । एक त कार्य क्षेत्रभन्दा बाहिर काम गर्ने, दोस्रो काममा गुणस्तरीयता नहुनु उदेकलाग्दो छ ।

असारमा पानी परिरहेको बेला कालोपत्र सडक, त्यो पनि उपभोक्ता समितिमार्पmत् गराउँदा, गुणस्तरीय हुने चिताउनै पर्दैन जानकारहरू बताउँछन् । कालोपत्र सडक बनाउँदा उपभोक्ता समितिमार्पmत् बनाउनु भनेको पूर्ण जोखिम लिनु छ । उपभोक्ता समितिसँग अनुभव, ज्ञान र यन्त्रको अभाव हुने भएकोले यस्तो काम जानकार ठेकेदारबाट गराउँदा बेस हुने बताइन्छ । यसबाहेक महानगरले निर्माण गरेको कालोपत्र सडकको मोटाई १० एमएम मात्र छ । १० एमएममा कालोपत्र बनाउँदा एक वर्ष पनि नटिक्ने महानगरले यस अघि नै निक्र्योल गर्दै कम्तीमा २० एमएम मोटाइको कालोपत्र गर्ने निर्णय गरेको थियो ।

अहिले सबैतर्पm बनिरहेको कालोपत्र १० एमएम मात्रै छ । यसैगरी कालोपत्र निर्माण भइरहेको माईस्थान मन्दिर परिसरमा दुई वर्ष अघि यसैगरी असारमा कालोपत्र गरिएको थियो । महिना दिन पनि नपुग्दै कालोपत्र बिग्रिन थालेको थियो ।

सिगरेट प्mयाक्ट्री क्षेत्रमा पनि एक दशक पहिले कंक्रिट ढलान सडक थियो ।आजको प्रतिक दैनिक पत्रिकामा समाचार छ । त्यसमा पछि उपभोक्ता समितिबाट कालोपत्र गराइयो । अहिले पुनः सोही कालोपत्रमा कालोपत्र हुँदैछ । १० वर्षको अन्तरालमा एकै ठाउँमा तीनपटक काम हुनुले महानगरको कामको गुणवत्ता प्रस्ट पारेको छ ।

Back to top