×

वीरगञ् १२ असार वीरगञ्ज नाकाबाट छाला निकासी भन्दै भारततर्फ मरीच लैजान खोजेको आरोपमा राजस्व अनुसन्धान विभागले वीरगञ्जका उद्योगी सञ्जय अग्रवाललाई हिरासतमा लिएको ४ दिन पछि वीरगन्जका एक आर्काे व्यवसायी उत्तम अग्रवाल (पटवारी) पनि हिरासतमा लिएको छ । तर ११ गते राजश्व अनुसन्धान क्षेत्रिय कार्यालय पथलैयाले राजस्व अनुसन्धानको सिलसिलामा केहि कुरा बुझनु पर्ने भएकोले पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा सम्पर्क राख्ने भन्ने व्यहोराको पत्र साँझको समयमा ७ जनाको टोली आएर स्थानीय व्यवसायी उत्तम अग्रवाल (पटवारी) लाई उपस्थित हुन पत्र थमाए र पक्राउ गरि लगएिको छ । गत जेठ २१ गते वीरगञ्जको मूल नाका पार भएर भारततर्फ प्रवेश गर्न लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच बरामद भएको थियो । छाला निकासी गर्ने भन्दै कागजात बनाएर मरीच तस्करी गरेको पोल खुलेपछि यसको असुन्धानमा विभागले हात हालेको थियो । तर, भन्सारका कर्मचारीलाई अहिलेसम्म विभागमा उपस्थित गराइएको छैन् । प्रक्रिया नपु¥याइएको प्रज्ञापनपत्रमा वीरगञ्ज भन्सारका अधिकृत उद्धव ढुङ्गानाको हस्ताक्षर छ । मरीच बोकेको ट्रकका चालक र भन्सार एजेण्ट दिलीप श्रीवास्तवलाई पनि हिरासतमा लिएको छ । प्रज्ञापनमा उल्लेख भएको युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकमा मरीच बरामद भएको थियो । अग्रवालले मरीच तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । यता वीरगञ्ज उद्योग वाणिज्य सङ्घले उत्तम अग्रवाल (पटवारी) पक्राउको विरोधमा एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको प्रेस विज्ञप्ति मिति २०७५ अषाढ १२ गते

मुलुकमा आएको युगान्तकारी राजनीतिक परिवर्तनसंगै आर्थिक सामाजिक प्रबद्र्धनमा समेत सकारात्मक प्रभाव पर्ने र उद्योग–व्यापार निर्वाध रुपमा संचालन हुने विश्वास समग्र निजी क्षेत्रले राखेको भएतापनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । पछिल्लो केही दिन यता काठमाण्डौं, वीरगञ्ज लगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा राजश्व अनुसन्धान विभाग, वाणिज्य विभाग लगायत राज्यका अन्य सरोकारवाला नियामक निकायहरु द्वारा नीजि क्षेत्र माथि अनुसन्धान, छानबिनका साथै अन्य विभिन्न नाउँमा उद्योगी व्यापारीहरुलाई प्रताडित गर्ने कार्य भई रहेकोबाट समग्र नीजिक्षेत्रमा नै भय र त्रासको वातावरण सृजना भएको छ । यसैक्रममा मिति २०७५÷३÷११ गते राजश्व अनुसन्धान क्षेत्रिय कार्यालय पथलैयाले राजस्व अनुसन्धानको सिलसिलामा केहि कुरा बुझनु पर्ने भएकोले पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा सम्पर्क राख्ने भन्ने व्यहोराको पत्र साँझको समयमा ७ जनाको टोली आएर स्थानीय व्यवसायी उत्तम अग्रवाल (पटवारी) लाई उपस्थित हुन पत्र थमाएको तर पक्राउ गरि पक्राउ पूर्जी नै नदिई निजको कानूनी अधिकारको ख्याल नै नराखि राजश्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय, पथलैयामा लिएर गएको कार्य प्रति सङ्घको गम्भिर ध्यानकर्षण भएको छ । वर्तमान सरकारको “समृद्ध नेपाल र सुखि नेपाली” भन्ने मूलभूत नारा र उक्त नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रका रुपमा रहेको नीजि क्षेत्र माथि यस किसिमको पुर्वाग्रह र मानमर्दन गर्ने कार्यले भोलीका दिनमा कसरी आर्थिक समुन्नतीको ढोका खुल्ने छ भन्ने टड्कारो प्रश्न सबैका सामु उभिएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ आफ्नो स्थापना काल देखि नै वैध व्यापारको प्रवद्र्धन अवैध व्यापार निरुत्साहीत हुनु पर्छ भन्ने सार्वभौम मान्यताको पक्षपाति रहदैं आएको छ । तसर्थ पर्सा बारा लगायत काठमाण्डौं लगायतका उद्योगी व्यवसायीहरु माथि राज्यले गरि रहेको पूर्वाग्रहलाई अन्त्य गरि व्यवसायीहरुलाई शान्तिपूर्ण तवरबाट आफ्नो व्यापार व्यवसाय संचालन गर्न पाउनु पर्ने वातावरणको निमार्ण गर्न नेपाल सरकार संग सङ्घ जोडदार माग गर्दछ ।

Back to top