सरकारलाई १३ वटा विधेयक मस्यौदा हस्तान्तरण

279

जनकपुरधाम ११ अषाढ प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माण गरि आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
समितिका संयोजक एवं प्रदेश नं. २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई आज सो विधेयक मस्यौदाहरु हस्तान्तरण गर्नु भएको हो ।
यस अघि नै समितिले बुझाएको ८ वटा विधेयक मध्ये २ वटा प्रदेश सभाले पारित गरि सकेको छ भने अन्य ६ वटा विधेयक प्रदेश सभामा छलफलको क्रममा रहेको छ।
समितिले आज हस्तान्तरण गरेको विधेयकहरुमा लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, विद्युत प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०७५ , प्रदेशीय व्यवस्था बमोजिम वन जंगल संरक्षण र व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश नं। २ गुठी व्यवस्थापन विधेयक, २०७५, प्रदेश नं। २ को विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७५, प्रदेश नं। २ फ्रिक्वेन्सी मोडुलेशन ९एफ। एम। रेडियो० सञ्चालन तथा नियमन गर्न बनेको विधेयक, २०७५, प्रदेश नं। २ वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको सामाजीक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०७५, प्रदेश नं। २ प्रदेश लोक सेवा आयोग ९कार्यविधि० सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०७५, प्रदेश २ शिक्षा ऐन , २०७५, प्रादेशिक प्रशासनका लागी आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक, २०७५, गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ , प्रदेश नं २ कोप्रदेश सभासचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धि विधेयक २०७५ रहेको छ ।
यस अघि प्रदेश सभा दर्ता भएको विधेयकहरुमा मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि विधेयक र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धि विधेयक पारित भै सकेको छ भने , मुख्य न्यायाधिवक्ताको काम कर्तव्य तथा अधिकार सम्बन्धि विधेयक, नीति आयोगको काम कर्तव्य तथा अधिकार सम्बन्धि विधेयक , प्रदेश प्रहरी ऐन २०७५, जिल्ला नगर तथा गाँउ सभा संचालन सम्बन्धि कार्यविधि विधेयक , लिखत प्रमाणीकरण सम्बन्धि विधेयक २०७५ , स्थानीय तह पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि विधेयक माथि छलफल जारी रहेको छ ।


SHARE