वीरगंजको नगरसभा असफल, अनिश्चितकालका लागि स्थगित

1390

वीरगंज, असार १० – वीरगंज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमको उदघाटन सत्र विरोधका बाबजुद समपन्न भएको छ । वीरगंज नगर सभागृहमा समपन्न कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यहरुसंग विना छलफल र समन्वयकै अधारमा मेयर विजय सरावगीले एकलैटी रुपमा निती तथा कार्यक्रम प्रस्तुत गरेको भन्दै बहुसंख्यक वडा सदस्यहरुले कार्यक्रम नै बहिस्कार गरेका थिए । जनप्रतिनिधिहरुले सभा वहिष्कार गरेका कारण महानगरपालिकाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

नगरसभाको उद्घाटन समारोहपछि हुने भनिएको बन्द सत्रमा जनप्रतिनिधीहरुको कोरम नपुगेका कारण नगरसभाको बन्द सत्र, अर्को सूचना जारी नभए सम्मका लागि स्थगीत गरिएको छ । महानगरका वडा सदस्यहरुले विभिन्न सेवा सुविधाको माग राख्दै नगरसभाको उद्घाटन सत्र पनि बहिष्कार गरेका थिए । तर वडा सदस्यहरुको बहिष्कारका बाबजुद उद्घाटन सत्र भने सम्पन्न भएको थियो ।

महानगरका कुल एक सय ६२ जना जनप्रतिनिधिमध्ये बन्द सत्रमा कम्तीमा पनि ५० प्रतिशत उपस्थित हुनुपर्ने प्रावधान भएकाले बन्द सत्रमा ४३ जना मात्र जनप्रतिनिधी उपस्थित भएकाले कोरम नपुगी स्थगित गरिएको छ ।

नगसभामा आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा मासिक तलब, बैठक भत्ता, सवारी साधन (मोटरसाइकल), औषधि उपचार खर्च, भ्रमण भत्ता लगायत सेवा सुविधाका लागि रकम विनियोजन नगरिएको भन्दै महानगरका एक सय ९ जना वडा सदस्यहरुले बहिष्कार गरेका हुन् ।

विहान ११ बजे शुरु भईसक्ने कार्यक्रम तय भएपनी वडा अध्यक्ष र सदस्यहरुको विरोधका कारण कार्यक्रम ढिलो गरी सुरु भएको थियो । महानगरपालिकाका उमेयर शान्ति कार्कीले आर्थिक वर्ष २०७५/०७६ का लागी प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रममा महानगरपालिकाले ४ अर्ब ९४ करोड आय र ४ अर्ब ९७ करोड व्याय तर्फ बजेट विनियोजन गरेको छ ।

वडामा विजुली बति छैन, सरसफाईका लागी ट्रयाक्टर छैन् तर महानगरपालिकाका निकटले मोटरसाईकल पास गरिसकेको भन्दै विरोध प्रदर्शन गरेको वडा नम्बर २१ का वडा सदस्य जतन राउतले बताए ।

नेपाल सरकारले ९८ करोड २४ लाख रुपैयाँ पठाएको र प्रदेश सरकारले ३ करोड रुपैयाँ पठाएको कहाँ कहाँ खर्च गर्ने हामी जान्न पाउने कि नपाउने हामीसँग समन्वय गर्ने कि नगर्ने त्यसका लागी हामीले विरोध गरेको अर्का वडा नम्बर १२ का वडा सदस्य रमेश प्रसाद कुर्मिले बताए ।

उनले भने, वडामा विजुलि बतिका लागी वडा अध्यक्ष मार्फत गराउने निर्णय भएपनी मेयर सरावगीले एक्लैटि रुपमा टेण्डर गराएर लगाउने जिम्मा दिएपनी हाल सम्म कुनै ठाऊँमा विजुलि बति जडान नभएको उनले बताए ।

मेयर सरावगीको एकलैटि निर्णयलाई विरोध गर्दै वडा नम्बर ४ की वडा सदस्य राधा कार्कीले भनिन् हामी भत्ता खानका लागी जनप्रतिनिधि भएर जितेर गएका हैनौँ, हामीलाई पनि बजेट पठाउनुप¥यो । निश्पक्ष भावनाले जितेर आएका हामीप्रति पनी वडावासीले आशा राखेका छन् तर खै हामीलाई हचुवाको भरमा राखेर बजेट, निति तथा कार्यक्रमका बारेमा रक्तिभर छलफल नगरेकाले विरोध गर्नुपरेको वडा सदस्य कार्कीले बताईन् ।

यता उदघाटन सत्रलाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर विजय सरावगीले केही मुठि भरका विरोधले महानगर पछाडी नहटने बताएका थिए । उनले भने, मलाई थाहा छ, क कसले विरोधका लागी उचालेका छन् यसरी विकास गर्नका लागी छुट्याईएको रकममा रजाई गर्न छुट्याउन नपाएको भन्दै विरोध गर्नु सरासर गलत रहेको बताएका थिए । कार्यक्रममा प्रदेश सदस्य ओमप्रकाश शर्मा, नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दिपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल लगायतको उपस्थिति रहेको थियो ।


SHARE