×

बारा ९ असार बारा क्षेत्र नम्बर ४ (२) को कलयानपुरको दिन दयाल ने. रा .प्रा. बि. मा एक भेलाको बिचमा कार्यक्रमको प्रमुख अतिथी माननीय मन्त्री जितेन्द्र सोनलद्वारा पंखा वितरण गरिएको छ। प्रदेश २ को प्रदेश सरकारको भौतिक पुर्बाधार मन्त्री जितेन्द्र सोनलको संसदीय बिकाश कोषबाट बारा क्षेत्र नम्बर ४ (२) को क्लयानपुरको श्री दिन दयाल ने. रा .प्रा. बि. क्लयाणपुर स्कुलमा १० थान ,कान्तिपुरको श्री लक्ष्मी ने .रा .प्रा .बि. मा ९ थान, भर्वलियाको ने .रा.प्रा.बि. मा ३ थान पंखा वितरण गरिएको छ। मधेशमा बढेको अत्याधिक गर्मीबाट पठन पाठन गर्न कठिनाई भइरहेकोले पंखा वितरण गरिएको छ । पंखा वितरण कार्यक्रममा माननीय एक्बाल मिया , रमेश सरार्फ ,सन्त यदव , अजय गुप्ता , मुकेश पडित , अनिल सोनल , सन्तोश पटेल ,जगदिश पटेल को उपस्थिति रहेको थियो । पंखा वितरण बारा ४ (२) को विधालयहरुमा पंखा वितरण गर्ने योजना रहेको छ।

Back to top