×

वीरगंज ८ असार बीरगंज महानगरपालिकाको लापरवाहीको कारण लाखौंको सार्वजनिक अचल सम्पति व्यक्तिले हडपेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली स्थित शिवनगर टोल निवासी स्थानिय विरेन्द्र प्रसाद यादवले कित्ता नम्बर १०४ को झण्डै १७ धुर बाटो सहितको एैलानी जग्गा कब्जा गरी पक्की घर, धारा, पर्खाल निर्माण गरेपछि स्थानिय वासिन्दाले महानगरपालिकामा उजुरी दिएका थिए । स्थानिय रामबाबु शर्मा, पुरुषोत्तम उपाध्याय, उत्तम साह लगायतका व्यक्तिहरुले निज यादवले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरपालिका उजुरी दिएपछि महानगरपालिकाले आवश्यक कारवाहीका लागि नगरप्रहरी, स्थानिय प्रशासन तथा प्रहरी खटाएर गैर कानुनी रुपमा निर्माण गरिएको पर्खाल, धारा, शौचालय, भत्काई कारवाही गर्न लिखित रुपमा प्रतिबद्धता जनाएपनि महानगरपालिकाले हाल सम्म कुनै काम नगरेपछि लाखौंको सार्वजनिक सम्पति व्यक्तिको नाममा पुगेको छ । स्थानिय वासिन्दाले यादवको गैर कानुनी कार्यको विरोध गर्दै महानगरपालिकाले पनि अतिक्रमण हटाउन ध्यान नदिएपछि संचारमाध्यममा आफूहरु आएको स्थानिय रामबाबु शर्माले बताउनु भयो । महानगरपालिकाको कार्य प्रति आफू पनि असन्तुष्ट रहेको वीरगंज वडानम्बर १२ का वडा सदस्य रमेश प्रसाद साह कानुले बताउनु भयो ।

Back to top