×

वीरगन्ज ८ असार वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले टोल टोलमा प्रहरी अभियान कार्यक्रम अन्र्तगत आज वीरगन्जको घण्टाघर स्थित ट्राफिक नियम सम्बधी जनचेतना फैलाउन अनौठो उपाय अपनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरको समन्वयमा आज वीरगञ्जको घण्टाघर चौकमा ट्राफिक नियम पालना नगरेका चालकलाई प्रहरीले चकलेट खुवाउँदै ट्राफिक नियमबारे अवगत गराइएको थियो । अभियानका क्रममा ट्राफिक नियम उल्घन गरेका सर्वसाधारण चढ्ने गाडी देखि प्रमुख जिल्ला अधिकारी चढ्ने गाडीका चालक र प्रहरीलाई पनि ट्राफिक नियम उल्घन गरे बापत चकलेट खुवाइएको थियो ।

Back to top