×

वीरगंज ८ असार एसईईको परिक्षा फल आउँनु अब केहि दिन वाकी रहदा वीरगन्जमा रहेका कलेजहरुले विभिन्न प्रभोलभन देखाई रहेको तथा आर्कशक विज्ञापनहरु प्रकाशन,प्रशारण गरी विद्यार्थीहरुलाई आफनो कलेज तिर तान्न जुटि सकेका छन् । तर विद्यार्थीहरुको भविष्यसँग नै खेलवाड गर्ने गरी दाम कमाउँनका लागि सरकारी नियमहरुको धज्जी उडाएर खुलेका कलेजहरुलाई समेत वीरगंज महानगरपालिकाले कारवाहीको दायरामा ल्याउँन सकेको छैन् । कम्तीमा कलेज र कलेज विच दुरी ५ सय मिटर हुने पर्ने प्रवधान महानगरपालिकाले अनुमोदन गरेको भए पनि एकै ठाउँमा तीन वटा कलेजहरु पनि खुलेको देखिन्छ । एकै ठाउँमा खुलेका कलेजहरुले समेत प्रचार प्रसार गरी विद्यार्थी लोभ्याउँन थालेका छन् । सरकारले प्लस टु सम्मको पठनपाठन विद्यालय स्थरमै लागु गरे पछि पनि कतिपय कलेजहरुले आफनो कलेजको नाम राखेर प्रचार प्रसार गरी रहेको छ । विद्यालयको लाइसेन्स लिएर चलाउँने कलेजहरुको हकमा पनि महानगरपालिकाले कम्तीमा एकै वार्ड मा राख्नु पर्ने व्यावस्था गरेको भए पनि धेरै कलेजहरुले यस पालना नगरेको देखिन्छ । एकै वार्डमा आधा दर्जन कलेजहरु रहेको उदारहणहरु वीरगंजमा देखिएको छ । वीरगंजको ओम आश्रम श्रीपुरमा एकैसँग तीन वटा कलेजले प्लस टु कक्षा संचालनको तयारी गरेको भए पनि वीरगंज महानगरपालिका मुख दर्शक बनेको छ । विद्यालयको नामको सट्टा आफ्नो कलेजको नाम लेखेर वोर्ड झुण्डयाउँने कलेजहरुलाई समेत नगरपालिकाले कारवाही गर्न सकेको छैन् । नियम उल्लघंन गर्ने कलेजलाई परिपत्र गरिएको नपा जनाउँदै प्रहरीको सहयोग लिएर भए पनि नियम पालना गर्ने वताए पनि सो कार्यले अहिले सम्म गती लिन नसकेको एक कलेजका संचालके वताए । वीरगंज महानगरपालिकाले नियम उल्लघंन गर्ने त्यसता कलेज र विद्यालयहरुलाई कारवाही गर्ने वताए पनि कुनै कलेज विद्यालयहरुलाई अहिले सम्म कारवाही गरिएको देखिएको छैन् ।

Back to top