×

असार ७ पर्सा – वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा महानगरको सभाहलमा स्थानीय जनप्रतिनिधिको सहभागितामा सुचना प्रविधि उधोगको विकास र रोजगारी सिर्जनामा स्थानीय निकायको भुमिका विषयक कार्यशाला गोष्ठी कार्यक्रम समपन्न भएको छ ।

आयोजित कार्यक्रममा ई शिक्षा, ई ल्याब्रेरी, डिजिटल क्लास, लगायतको बारेमा कार्यशाला गोष्ठी कार्यक्रम समपन्न भएको थियो । ग्रामिण भेगमा शिक्षाको स्तर खस्कदै गएको भन्दै शिक्षक र विद्यार्थीहरुले अध्ययन गर्न सक्ने ई भिडियो लाईब्रेरी सञ्चालनका लागी कार्यशाला गोष्ठी कार्यक्रम गरिएको सुचना तथा सञ्चार प्रविधिका महानिर्देशक लक्ष्मी प्रसाद यादवले बताए ।

कार्यक्रममा ई सेवाहरु जन्मदर्ता, मुत्यु दर्ता, नागरिकता, सवारी चालक प्रमाणपत्र, राहदानी, कम्पनी दर्ता, फर्म दर्ता, विधुत, टेलिफोन, मालपोत लगायत स्थानीयतहको शिक्षा, स्वास्थ्य, कृषि तथा उत्पादनमूलक वस्तुहरुको विकास विस्तारका लागी डिजिटल कन्टेण्टहरु नागरिकलाई वितरण एवं प्रचार प्रसार गर्नुपर्ने उदेश्य रहेको मन्त्रालयका निर्देशक रमेश राज सुवेदीले बताएका थिए ।

कार्यक्रममा महानगरका उपमेयर शान्ति कार्की, कार्यकारी अधिकृत भिष्म कुमार भुषाल लगायत स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

Back to top