×

बीरगंज ७ असार उच्च अदालत जनकपुरका अस्थायी इजलास वीरगजले जेठ २८ गते वीरगंज महानगरपालिका–२ छपकैयामा रहेकोे पोखरीमा माटो पुर्ने काममा रोक्का गर्ने आदेश गरे पनि आदेशको अवज्ञा गरी माटो पुर्ने माटो पुर्ने काममा कार्य शुरु भएको बताइन्छ । स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा वीरगंज महानगरपालिका–२ छपकैयामा रहेकोे पोखरीमा पुनः माटो पुर्ने कार्य शुरु भएको स्थानियहरुले बताएका छन । बीरगंज स्थित वडा नं. २ छपकैयाको कि.न. ११०, १२३ का ं क्षेत्रफल ३ बिघा १३ कठ्ठा मध्ये ११० बाट सावित्री कमारी महासेठले सो जग्गा खरिद गरको देखिन्छ । सर्वोच्चले प्रमोद विक्रम शाहको जग्गा हो भन्ने पैmसला गरे तापनि जिल्ला अदालतमा पुनः सर्वोच्चको फैसला बदर गरी मुद्दा विचाराधीन गरको छ । सो बेला जग्गाधनीले २०७४÷१२÷७ मा गराएको अन्तरिम आदेश पुनः अस्थायी इजलास वीरगंजले निष्क्रिय पारेको निर्णयमा उल्लेख छ । विगत एक महिनादेखि माटो पुर्ने कार्य रोक्का भए पनि अहिले आएर पुनः माटो भर्ने कार्य शुरु भएको छ । सो विषयमा स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उजुरी दिए पनि स्थानीय प्रहरी प्रशासन मौन रहेको स्थानियहरुको गनासो रहेको छ । यता स्थानियहरुले भने वीरगंज महानगरपालिका–२ छपकैयामा रहेकोे पोखरीमा माटो पुर्ने काम प्रहरी प्रशासनले नरोके हामी सो विरोधमा ठुलो आन्दोलन गर्नुपर्ने बाध्यहुने छौ ।

Back to top