×

वीरगञ्ज ७ असार पर्सा जिल्लाका स्थानीय तह र सुरक्षा निकाय समन्वय र सहकार्य गरेर अघि बढ्नका लागि स्थानीय तह सञ्चालनमा सुरक्षा निकायले सहयोग नगरेको गुनासो आइरहेको समयमा दुवै निकायबीच सहकार्य तथा समन्वय कसरी गर्न सकिन्छ भन्ने बारेमा आयोजित छलफलमा त्यस्तो प्रतिबद्धता आएको हो । छलफलमा सार्वजनिक सम्पत्तिहरुको सुरक्षा तथा संरक्षण, सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन, सवारी साधान पार्किङ्ग व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण (घटनास्थल सुरक्षा, मुचुल्का तयारी, म्याद तामेली, सुरक्षा सचेतना आदि) मदिरा तथा लागूपदार्थ नियन्त्रण, सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने गराउने, बेवारिस वा असहाय व्यक्तिहरुलाई औषधि उपचार, असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाहसंस्कार, कुटपिट, झैझगडा तथा अन्य विवादहरुको मेलमिलाप, विभिन्न समुदायवीच सामाजिक सदभाव र सौहर्दता कायम राख्ने, जेष्ट नागरिक, अपाङ्गता तथा असक्त भएका व्यक्ती, सडक बालबालिका, अनाथ, मानसिक असन्तुलन भएका व्यक्तिहरुको व्यवस्थापन लगायतका विषयमा छलफल भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । पर्सा जिल्लामा रहेका १४ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लाका सबै प्रहरी युनिटका प्रमुख तथा प्रतिनीधिको सहभागितामा कार्यक्रम भएको थियो । दुवै निकायको काम कारवाही संचालनमा स्थानीय जनप्रतिनिधि र प्रहरी बीचको सामन्जस्यता कायम गराउने उद्देश्यले नै छलफलको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top