×

वीरगन्ज ५ असार दाईजो लिएरपनि विवाह गर्न नमान्ने बेहुला पक्षलाई कार्यवाही गर्न दिइएको निवेदनलाई पर्साका प्रमुख जिल्ला अधिकारीले लिन मानेन्न । असोज १८ गते फिरोजसंग छोरी लतिफन खातुनको विवाह तय भएको र त्यसकै लागि २ लाख ३० हजार नगद दाइजो लिएर अहिले विवाह गर्न नमानेपछि बेहुला र उनका पिता विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन लिएर जाँदा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले यो आफुहरुले हेर्ने मुद्दा नभएको भन्दै फर्काइ दिएको अनवरले जानकारी दिनुभयो ।बाराको चैनपुर गाउँपालिका वडा नम्बर ४ पिपरा निवासी मह्मद अमिल साह र उनका छोरा फिरोज आलम साहले दाइजो लिएरपनि विवाह गर्न नमानेको निवेदन सहित सोमबार जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका वीरगन्ज महानगरपालिका वार्ड नं. १७ आलौं निवासी अनवर देवानको निवेदनलाई प्रमुख जिल्ला अधिकारीले बेवास्ता गरेका हुन ।‘दाइजो लिनु र दिनु दुबै अपराध भएपनि बिना दाइजो छोरीको विवाह नैं हुन नसकिने भएकाले ऋण लिएर दाइजो दिंदा समेत रकम फिर्ता नै नगर्ने र विवाह पनि नगर्ने बेहुलापक्षले भनेपछि प्रशासनमा गुहार माग्न आएको’ अनवरको भनाई रहेको छ । न्याय मांग्न जिल्ला प्रशासनमा आएपनि प्रमुख जिल्ला अधिकारीले न्याय समितिमा जान भन्दै आफुलाई कार्यकक्षबाट निकालेको अनवरले आरोप लगाउनु भयो ।‘२ लाख ३० हजार नगद, २ लाख ५० हजार पर्ने एक थान मोटरसाइकल दाइजो दिएर असोज १८ गते विवाह गर्ने तय भए बमोजिम एक हप्ता अगाडी नै आफुले बेहुलाका पिता अमिल साहलाई नगद २ लाख ३० हजार दिएको र सोको केही दिन पछि विवाह नै नगर्ने बताएपछि न्यायको खोजीमा जिल्ला प्रशासन आएको’ उहाँले बताउनु भयो ।

Back to top