आन्तरिक खिचातानी पार्टीको शिर झुकाउने काम – सांसद रौनियार

1576

Share
  •  
  •  
  •  

वीरगञ्ज, ५ असार – पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले आफूविरुद्ध सुनियोजितरुपमा मिडियाबाजी गराइएको दाबी गर्नुभएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यसमेत रहेका रौनियारले पार्टीभित्रकै तत्वहरुले आफूलाई बदनाम गर्न सामाजिक सञ्जालमा झूटा अपवाह फैलाएको आरोप लगाउनुभयो ।

संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला समितिले मंगलबार वीरगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता रौनियारले आफू राजनीतिमा आउनुअघि नै आफ्नो निर्माण व्यवसायबाट अलग भएको दाबी गर्दै अहिले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका बारेमा झूटा समाचारमा जोडेर आफूलाई बदमान गर्न खोजिएको पनि बताउनुभयो ।

संघीय समाजवादी फोरमबाट निर्वाचित भएकाले आफूलाई बदनाम गर्दा पार्टीको शीरसमेत झुक्ने काम भइरहेको दाबी उहाँको छ । पार्टीभित्रैबाट पार्टीलाई बदनाम गराउने काम भइरहेकोमा उहाँले दुःखसमेत व्यक्त गर्नुभयो । उहाँले त्यसो नगर्न आग्रहसमेत गर्नुभयो ।
बारा र पर्साबाट फोरमले निर्वाचनमा राम्रो जित हात पारे पनि पार्टी भित्रकै अन्तरद्वन्द्ध र खिचातानीका कारण यो क्षेत्रले एउटा पनि मन्त्री पाउन नसकेको तर्क उहाँको थियो ।

आपसी मिडियाबाजी, खिचातानी र डेलिगेसनले पार्टी अध्यक्षले यसबारेमा निर्णय लिन नसकेको उहाँले बताउनुभयो । वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पताल र पोखरिया अस्पतालको स्तारोन्नतिको लागि उहाँले सरकारको ध्यनाकर्षणसमेत गराउनुभयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here