×

वीरगन्ज ४ असार वीरगन्जको ट्राफिक अवस्थालाइ अझ प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ । जिल्ला प्रशासन कर्यालयमा भएको छलफलमा वीरगन्जका विभिन्न ठाउहरुमा हुने गरेको जामलाइ कम गर्न सरोकारवाला विच छलफल भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको अध्यक्षतामा सम्पन्न भएको छलफलमा वीरगन्ज महानगपालीकाका उप प्रमुख सुश्री शान्ति कार्की,पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल,मध्यक्ष क्षेत्रीय ट्राफिक कर्यालय पथलैयाका प्रमखु ट्राफिक प्रहरी उपरिक्षक किरण बज्राचार्य,नायब प्रहरी उपरिक्षक यदुनाथ अधिकारी,वीरगन्ज महानगपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसाल,वरिष्ट अधिकृत सुमन श्रेष्ट,ट्राफिक प्रहरी नायब निरिक्षक राम आर्य लगायत यातायात व्यवसायी संघका पदाधिकारीहरुको उपस्थितीमा वीरगन्जको ट्राफिक व्यवस्थापनलाइ अझ व्यवस्थीत र प्रभावकारी बनाउन नक्सा सहितको कार्ययोजना प्रस्तुत गरिएको थियो । उक्त विषयमा भएको छपलफलमा सरोकारवालाहरुले विभिन्न धारणा व्यक्त गरेका थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले वीरगन्जको ट्राफिकलाइ व्यवस्थापन गर्न अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाएरर सरोकारवालासबै पक्षा एक भएर अगाडि बढनु पर्ने धारणा व्यक्त गनुभएको थियो । कार्यक्रममा बोल्दै वीरगन्ज महानपालीकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भूसालले ट्राफिक व्यवस्थापनलाइ व्यवस्थीत र प्रभावकारी बनाउन वीरगन्ज महानगरपालिकाले गर्नुपर्ने सबै कार्यहरुमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । छलफलमा प्रहरी उपरिक्षक रेवती ढकालले ट्रफिक व्यवस्थापनलाइ निरन्तर्ता दिई राख्ने बताउनु भयो ।

छलपललमा वीरगन्ज महानगरपालीकाका वरिष्ट अधिकृत सुमन श्रेष्टको संयोजकत्वमा ट्रफिक व्यवस्थापन समिती गठन भएको छ । छलफलमा तत्कालै गर्नुपर्ने कामहरुमा घन्टाघर देखि पानगली,लाठगली ,लोहरपटी र महाबीर स्थानसंगै रहेको सडकलाई एकतर्फि बाटोको रुपमा प्रयोगमा ल्याउनुको साथै महानगरभित्र रहेको विभिन्न सडक तथा चौकहरुमा मार्किगंका कामहरु सुरुगरिने बरिष्ट अधिकृत सुमन श्रेष्टले बताउनु भयो । कार्यक्रममा ट्राफिक नियमलाइ अटेर गरी अनाधिकृत र अव्यवस्थीत रुपमा पार्किगं गरिएको सवारीसाधनहरुलाइ आवश्यक कार्यवाहिको लागी वीरगन्ज महानगपालीकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भूसालबाट ६ थान व्हील लक मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक किरण बज्राचार्यलाइ हस्तान्तरण गर्नु भएको थियो ।

Back to top