×

वीरगन्ज २ असार गण्डक युथ क्लबले शनिवार रक्तदान कार्यक्रम समपन्न गरेको छ । गण्डक चोकमा आयेजित रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा पुजा देवी साह, आरति साह, निता दनुवार, दिपा कुमारी साह, सिता देवी साह, अजित साह, नवियास अंसारी, रविन गुप्ता, जितेन्द्र चौधरी, संदिप साह, सम्भु साह लगायतकाले रक्तदान गरेका थिए । परवानीपुर गाऊँपालिकाका अध्यक्ष हरिनारायण साहको प्रमुख अतिथिमा भएको रक्तदान कार्यक्रममा ८ महिला सहित १ सय २ जनाले रक्तदान गरेका थिए । गण्डक युथ क्लबका अध्यक्ष उमेश गुप्ताको सभापतित्वमा समपन्न कार्यक्रममा प्रसौनी गाऊँपालिकाका अध्यक्ष भोला साह कलवार, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष केसि लामिछाने, रक्त सञ्चार केन्द्र काठमाडौँका केन्द्रिय निर्देशक मनिता राज कर्णिकार, रक्त संचार केन्द्रका प्रमुख प्रविण मनान्धर, ब्लड डोनर्स एशोसिएसनका सचिव अरविन्द सिंह, सदस्य शिवजी गुप्ता, अनेरास्ववियु पर्साका सचिव अजित साह, क्लबका सचिव राजेश गुप्ता, क्लब २५ का सचिव प्रभाकर गुप्ता नेकपा युवा नेता उमेश कुशवाहा, विनोद प्रसाद पटेल लगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुलाई मायाँको चिनो समेत प्रदान गरेको थियो । रक्तदान कार्यक्रमको सहजिकरण जयप्रकाश गुप्ताले गरेका थिए ।

Back to top