×

वीरगंज ३१ जेठ हेल्प डट कम फाउण्डेशनले आज पोखरीयाका मोहन पासवानको छोरीको विहेको लागि नगद २१ हजार सहयोग गरेको छ । मृगौला रोगबाट ग्रसित पोखरीया नगरपालिका वडा नं. ६ घरभएका पावसवानको छोरीको बिहेको लागि फाउण्डेशनले नगद सहयोग गरेको हो । बिहेको लागि फाउण्डेशन मार्फत पवन तिवारी,ज्ञानेन्द्र मिश्राले पाँच हजार एक सय,सियानन्द चौहान, प्रभात मिश्रा तिन हजार एक सय, गुल्सन त्रिपाठी र लालबाबु बानियाँले एक हजार तथा गोप्य दान तिन हजार एक सय गरी एकाईस हजार सहयोग प्राप्त भएको फाउण्डेशनका भगावन दास तत्माले जानकारी दिनुभयो । फाउण्डेशनले यसअघि बिवाहमा आर्थिक सहयोग तथा डोम समुदायको बालबालिकाहरुलाई बिद्यालय भर्ना जस्ता समाजिक कार्य सम्पन्न गरेको छ ।

Back to top