वीरगन्ज महानगरपालिकाद्वारा चार वडामा छड्के चेकजाच

348

वीरगन्ज ३० जेठ चालु आर्थिक बर्षको अन्तिम महिना असाढ आउन लाग्दा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले सेवाप्रदायक कर्मचारीहरुको काम कारवाही चुस्त दुरुस्त बनाउन कडाई अपनाउन थालेका छन् । उनीले महानगरपालिकाको कार्यभार सम्हालेयता करिब २ हप्तामा भएको प्रशासकीय कार्यसम्पादनमा सुधारको अनुभुति वडास्तरसम्म गराउन उनले मंगलवार महानगरपालिका कार्यालयका चार वटा वडामा छड्के अनुगमन गरेका छन् ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भुषालले वडा नम्बर २८, ३०, ३१ र ३२ मा उनले अनुगमन गरेका हुन् । यस क्रममा वडामा खटेका कर्मचारीहरुलाई बिभिन्न निर्देशन दिदै आर्थिक प्रशासनमा सुशासन कायम गरिराख्न निर्देशन दिए । कुनै पनि किसिमको आर्थिक अनियमितता सह्य नहुने उनले बताए । चालु आर्थिक बर्षमा कार्यन्यवन भइरहेको बिकास योजनाहरुको स्थलगत निरिक्षण गर्दै प्रमुख प्रशासकीय अधिकृत भुषालले कानूनी बिधि–प्रक्रियाको पलना गर्न र कामको गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिए ।
सम्बन्धीत वडाका निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्दै योजनामा निगरानी गर्न र गुणस्तरीयढता कायम गराउन भुमिकाका लागि आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत भुषालसंग कार्यालयका अधिकृतहरु आर्थिक प्रशासन महाशाखाका प्रमुख हरिकिशोर चौरसिया, आन्तरिक लेखा परिक्षक हरिशंकर प्रसाद कुर्मी, योजना महाशाखाका अधिकृत देवेन्द्र चौधरी र प्रसाशन शाखाका कर्मचारी राजेश गिरी रहेका थिए । टोलीमा सामेल महानगरपालिकाका अधिकृतहरुले वडाबाट भइरहेको कामको प्रशासनिक गतिबिधि, आर्थिक प्रसाशन लगायतका कागजात र फाइलहरु अनुगमन गरि प्रतिक्रिया दिएका थिए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालको अनुगमनले वडाका कर्मचारीहरुको कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने भनी निर्वाचित जनप्रतिनिधिहरुले प्रतिक्रिया दिए ।


SHARE