लट्री परेको भनि ठगि गर्ने गिरोह वीरगन्जमा पक्राउ

997

वीरगन्ज २९ जेठ वीरगन्जमा लट्री नाममा ठगने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार संमेलन गरि अपराधीक प्रवृतीका व्यक्तिहरुले ठगी गर्ने पूर्व योजना बनाई नेपालका सोझासाझा व्यक्तिहरुलाई फोन गरी फेसबुक तथा वटसब जस्ता समाजिक संजाल र मोवाईल मार्फत रु २५,३५ लाखको लट्री जित्नु भएको छ वा हाम्रो निश्चित कम्पनीले राखेको बम्पर पुरस्कारमा तपाई छनौट हुनु भएको छ वा बिभिन्न मित्र राष्ट्रका सरकारले आयोजना गरेका विभिन्न चिठ्ठाजन्य कार्यक्रममा तपाई पर्नु भएको छ भनी फोन तथा म्यासेजबाट बधाई समेत दिई बैंक खाता नं. तथा परिचय खुल्ने कागजात समेत सोही सामाजिक संजाल मार्फत पठाउन लगाई विश्वासमा पारी सो लट्री बापतको कर सम्बन्धित सरकार र नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरेपछि मात्र उक्त रकम खातामा जम्मा हुने कुरा बताई अंएमी तथा अन्य बैंक मार्फत पैसा पठाउन लगाई ठगी गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले सोमबार बीरगंज म.न.पा.वडा नं. १५ भेडियाहीस्थित नेशनल मेडिकल कलेज नजिक रहेको श्री गढीमाई मनी ट्रान्फर अगाडीको सडक खण्ड नजिकबाट चारलाई पक्राउ गरेको जानकारी दिएका छन । पक्राउ पर्ने जिल्ला पर्सा बीरगंज वडा नं.१८ नगवा बस्ने अक्षय कुमार चौरसिया, वडा नं.१६ बस्ने १८ को युवराज पासवान, १९ बस्ने बीरनारायण चौरसिया र वडा नं.२ रेल्वेरोडका राहुल कुमार राउत रहेका छन र उनका साथबाट नगद एकलाख ५ हजार ,माबाईल ४ थान र बैकबो भौचर बरामद गरिएको प्रहरीले जनाएका छन ।


SHARE