रामदेव बाबाले ९० प्रतिशत शेयर दाबी गरेपछि पतञ्जलि आयुर्वेद प्रालि बारा प्रसौनीमा आन्तरिक विवाद

508

वीरगन्ज २५ जेठ  पतञ्जलि आयुर्वेद प्रालि बारा प्रसौनीमा आन्तरिक विवाद चुलिएपछि भारतका चर्चित योगगुरु रामदेव बाबाले आप्mनो ब्रान्ड पतञ्जलि आयुर्वेद नाम परिवर्तन गर्न लगाएका छन् । योगगुरु रामदेव बाबाको आग्रहलाई एनआरएन नेपालका पूर्वअध्यक्ष एवं प्रख्यात उद्योगपति डा. उपेन्द्र महतोले सहज मानेको कारण पतञ्जलि आयुर्वेद नाम परिवर्तन हुन लागेको हो । डा. महतोले नमानेको भए नेपालमा पतञ्जलि आयुर्वेद प्रालि डा. महतोले नै सञ्चालन गर्ने कानूनी अधिकार राख्थे । आन्तरिक सहमति जे भएपनि नेपालमा पतञ्जलि आयुर्वेद प्रालि डा. महतोको नाममा विधिवत् दर्ता छ । नेपाल पतञ्जलि आयुर्वेद प्रालि सञ्चालनमा ल्याउने योगगुरु रामदेव बाबा र डा. महतोबीच सहमति बनेपछि अन्नपूर्ण टेक्सटाइल्स रहेको बन्द उद्योगको बैंक लगानी चुक्ता गरेर पतञ्जलि आयुर्वेद सञ्चालनमा आएको हो ।
उद्योग सञ्चालनमा आएपछि योगगुरु रामदेव बाबा वीरगंजमा तीन दिने योग शिविरको बहानामा पतञ्जलि आयुर्वेद प्रालिको प्रचार गर्न आएका थिए । काठमाडौंमा योग शिविर गरेका रामदेव बाबाको वीरगंजमा शिविरको एउटै मात्र उद्देश्य थियो, पतञ्जलि आयुर्वेदको प्रचारप्रसार । यद्यपि पतञ्जलि आयुर्वेद प्रालि बारा प्रसौनीको उद्घाटन महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराइएको थियो । प्रसौनीमा पतञ्जलि आयुर्वेद सञ्चालनमा आउने हल्ला शुरु भएपछि नै रामदेव बाबाको नाम आएको थियो ।
पतञ्जलिले ५ सय करोड रुपैयाँ खर्च गर्ने कुरो थियो । २५ करोडबाट शुरु पतञ्जलिमा अहिले २ सय करोड लगानी भइसकेको छ । यो लगानी बढ्ने सङ्केत पनि थियो तर अबका दिनमा त्यो सम्भावना भने न्यून भएको छ । डा. महतो र रामदेव बाबाबीच पुरानो सम्बन्ध रहेन । रामदेव बाबाले पतञ्जलि आयुर्वेदमा आप्mनो ९० प्रतिशत शेयर दाबी गरेपछि पतञ्जलिमा विवाद सृजना भएको हुनुपर्छ । मागबमोजिमको शेयर नदिएपछि रामदेव बाबाले पतञ्जलि भारतबाट गुणस्तर मापनको बहानामा नेपाल अध्यक्ष बनाएर राकेश शर्मालाई पठाए अनि त्यहींबाट भयो विवादको विजारोपण । विवाद यतिसम्म चुलियो कि अन्त्यमा रामदेव बाबाले आप्mनो पतञ्जलि ब्रान्ड मात्र भएपनि छाडिदिन आग्रह गर्नुप¥यो । अहिले डा. महतोको नाममा दर्ता रहेको पतञ्जलि आयुर्वेद नेपाल प्रालिको नाम परिवर्तन भएर नेपाल ग्रामो उद्योग नामाकरण भएको छ ।
पतञ्जलि भारतले नेपालमा उत्पादन शुरु भएपछि भारतबाट सोही उत्पादनहरू नेपाल पठाउन बन्द गरेको थियो । तर अहिले पुनः नेपाल ल्याउने काम शुरु पनि भइसकेको छ । पतञ्जलि ब्रान्ड हटे पनि त्यसले गर्ने १२३ थरीका खाद्यान्न र कस्मेटिक सामानहरूको उत्पादन भने नेपाल ग्रामो उद्योगले गर्नेछ । तर पतञ्जलिको नामबाट भएको बजारीकरणमा नेपाल ग्रामो उद्योग कसरी खडा हुन सक्छ भन्ने आशङ्का आमरूपमा जति व्याप्त छ, शायद त्योभन्दा बढी नै डा. महतो, ग्रामो उद्योगका कर्मचारी र मजदुरहरूमा पनि होला ।


SHARE