उपेन्द्रलाई स्वास्थ्य, इस्तियाक राईलाई सहरी विकास

369

काठमाडौँ, जेष्ठ १८ – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ भने फोरमका तर्फबाट अर्का मन्त्री मोहम्मद इस्तियाक राई बन्दैछन् । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै गर्ने तयारी छ।