×

वीरगन्ज १६ जेठ पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले पर्साका सम्पूर्ण पत्रकारिता जगतलाई नै अपमान हुने गरी भाषा प्रयोग गरेको तथा पत्रकारलाई सूचना दिनमा आनाकानी गरेको घटनालाई नेपाल पत्रकार महासंघ पर्साले गम्भीर रुपमा लिएको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जाराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको पत्रकारहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई आइदा यस्ता घटना नदोह¥याउँन चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको पत्रकारहरुको तर्फवाट वोल्दै मउन्टेन टेलिभिजनका क्षेत्रिय व्यूरो महेश दासले प्रजिअले अफ्ना शैलीमा सुधार ल्याउँनु पर्ने वताउँनु भयो । यस्ता घटना अगामी दिनमा दोहरिएको खण्डमा नेपाल पत्रकार महासंघ कडा कदम उठाउँन बाध्य हुने उनले वताए । उनले देश नयाँ दिशामा अगाडी वढी सकेको भन्दै पुरानो सोच र कार्यशैलीलाई प्रमुख जिल्ला अधिकारीले पनि परिवर्तन गर्न आश्यक रहेकोमा जोड दिए । नेपाल पत्रकार महासंघ प्रदेश न. २ का उपाअध्यक्ष केशी लामिछानेले कुनै पत्रकारले गल्ती गरेको छ, दलाली गरेको छ भने जिल्ला प्रशासन कार्यालयले प्रमाण देखाउँनु पर्ने वताए । विना प्रमाण कसैलाई दोषी देखाउँनु र अपमान गर्न नमिल्ने कुरामा उनले जोड दिए । सरकारले नै स्वच्छता अभियानलाई अगाडी बढाइ रहेको वेलामा जिल्ला प्रशासन कार्यालय नै खुल्ला शौचालय भएको भन्दै समाचार संकलन गर्न गएको टिभि पत्रकार प्रणयकुमार साहलाई पर्साका प्रमुख जिल्ला अधिकारी पौडेलले सूचना दिनको वदला उल्टै दुरुव्यहारका थिए ।

आक्रोशित मुडमा प्रजिअलाई भेटन गएका पत्रकारहरुको समूह समक्ष प्रजिअ पौडेल माफी मागे छन् । पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ पौडेलले आउँने दिनमा यस्ता असम्झदारीहरु नहुने वताए । पटक पटक असम्झदारी भएको दोह¥याए पछि पत्रकारहरुले तपाईले भनेको कुरा हामीसँग रेकर्ड रहेको वताए पछि प्रजिअ पौडेलले क्षमा याचना गरेका थिए ।

Back to top