×

वीरगंज, जेठ १४ पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले समाचार संकलनका लागि गएका पत्रकार प्रणय कुमार साह माथि अपशब्द प्रयोग गर्दै प्रतिष्ठा हरण गरेको तथ्य फेला परेको छ । प्रजिअले दुर्गन्धीत ट्वाइलेटको समाचार र दृष्य खिच्न लागेको पत्रकार साहलाई सबै पत्रकारहरु दलाल हुन भन्ने शब्द प्रयोग गर्दै स्वतन्त्र संचार माथि प्रश्न उठाउनाले उनीमाथी गम्भिर प्रश्न चिन्ह खडा भएको छ । यसबारेमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क राख्दा उहाँले यसबारेमा सामान्य असमझदारी मात्र भएको प्रतिक्रिया दिनु भयो ।

Back to top