×

वीरगन्ज १४ जेठ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सोमबार दुई बुँदे सहमति भएकाे छ ।फोरमले शहरी विकाससहित दुईवटा मन्त्रालय पाउने सहमति भएको स्रोतको दाबी छ । यद्यपि यसबारे सरकारले अाैपचारिक धारणा सार्वजनिक गरिसकेकाे छैन । हाल शहरी विकास मन्त्रालय प्रधानमन्त्री अाफैसँग रहेकाले फाेरमलार्इ उक्त मन्त्रालय दिन कुनै अप्ठेराे नरहेकाे स्राेतकाे भनाइ छ । फाेरमले अर्काे स्वास्थ्य र सूचना तथा संचार मन्त्रालय मन्त्रलय पाउन सक्ने अाँकलन गरिएकाे छ, जुन हाल राज्यमन्त्रीले सम्हालेका छन् ।नेकपाका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । सुरूदेखि नै फोरम सरकारमा सहभागी हुने कुरा चलेकाे थियाे तर विभिन्न असमझदारीले गर्दा ढिलाइ भएकाे बताइन्छ । फाेरम सरकारमा जाने भएभछि मधेसकेन्द्रित अर्काे प्रभावशाली पार्टी राजपासँग भने सम्बन्ध चिसिएकाे छ ।

Back to top