काठमाडौँ, जेष्ठ १२ - पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) हरिनारायण प्रसाद रौनियारलाई काठमाडौँमा आयोजित एक कार्यक्रम विच सम्मान गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघद्वारा काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रम विच सांसद रौनियारलाई सम्मान गरिएको हो । नेपाल निर्माण उद्योगको उत्थानका लागि अग्रसर भई निर्माण व्यवसायीहरुको हक हित र संरक्षणको लागि विभिन्न समयमा निर्माण जगतलाई सांसद रौनियारले गर्दै आएको सहयोगलाई कदर गर्दै सांसद रौनियारलाई सम्मान गरिएको थियो ।
सम्मान ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रौनियारले आफुले गरेको कामको परिणाम स्वरुप प्राप्त सम्मान थप जिम्मेवारी बोध गराएको बताएका थिए । उनले देश निर्माणमा निर्माण व्यवसायीहरुको भूमिका अतुलनिय रहेको बताउदै निर्माण व्यवसायीहरुको हक हितको लागि आफुले सदनमा समेत आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सांसद रौनियारले निर्माण व्यवसायीहरुलाई इमान्दारिताका साथ् गुणवत्ता कार्य गर्न अनुरोध समेत् गरेका थिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा निर्माण मन्त्रि रघुवीर महासेठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि रविन्द्र अधिकारि समतेको उपस्थिति रहेको थियो ।