×

बिरगंज,जेठ ११

बिरगंजबाट प्रकाशित हुने साझा समाचार दैनिक पत्रिकाको शुक्रबार बिमोचन गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखामा आयोजित कार्यक्रमा बिमोचन गर्दै प्रमुख अतिथी एवम नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले पत्रिका टीममा अधिकांश युवाहरु भएकोमा खुसी ब्यक्त गर्दै युवाले चाहेमा परिबर्तन ल्याउन सक्ने कुरामा जोडदिनु भएको थियो ।

पत्रिकाका प्रकाशक एवम प्रबन्ध निर्देशक एकल्ब्य गुप्ताको अध्यक्षतामा सम्पन्न भएको बिमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शयाम बन्जारा,पेस चौतारी नेपाल पर्सा शाखाका अध्यक्ष अनुप तिवारी,बिरगंज उधोग बाण्ज्यि संघका उपाध्यक्ष सुबोध गुप्ता,स्थानीय सञ्चाकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

Back to top