मास्कोट एकेडेमीका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण

169

वीरगञ्ज, ४ जेठ वीरगञ्जको मास्कोट एकेडेमीले आफ्ना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको छ । वीरगञ्जको कुम्हालटोलस्थित विद्यालय परिसरमा आयोजित एक समारोहबीच विद्यार्थीलाई पुरस्कार बितरण गरिएको हो ।


शैक्षिक सत्र २०७४ मा उत्कृष्ट नतिजा ल्याउन सफल र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानअध्यापक छेदुप लामाले बताए । सो अवसरमा सो शैक्षिक वर्षमा उत्कृष्त नतिजा ल्याउने, अनुशासित र अतिरिक्त क्रियाकलापमा अग्रस्थानका विद्यार्थीलाई विद्यालयका प्रधानअध्यापक लामालगायतका शिक्षक शिक्षिकाहरुले पुरस्कार प्रदान गरेका थिए ।
विद्यालयमा स्टुडेण्ट काउन्सिल र विभिन्न समूहका प्रिफेक्ट र भाइस प्रिफेक्टका साथै स्टुडेण्ट आफ द इअरसमेत चयन गरिएको थियो । सो अवसरमा प्रधानअध्यापक लामाले विद्यार्थीहरुलाई अझ मेहेनेत र लगनशिलताका साथ अध्ययनलाई अघि बढाउन सुझाव दिएका थिए ।