करेन्ट लागेर एक युवकको मृत्यु

43

विराटनगर जेष्ठ,०४, मोरङको मिक्लाजुङ गाउँपालिका ७ मा करेन्ट लागेर शुक्रबार बिहान एक युवकको मृत्यु भएको छ। पानी तान्ने मोटरबाट करेन्ट लागेर स्थानीय १६ वर्षीय सुनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए।

उनका अनुसार काका सन्तोष राईको घरमा बिहान ७ बजे मोटर चलाउने क्रममा करेन्ट लागेर अर्जुन गम्भीर घाइते भएका थिए। उपचारका क्रममा अरनिको हस्पिटल उर्लाबारीमा लगिएका उनको बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइएको छ।