×

जनकपुरधाम,जेठ ३, वडा कार्यालयको भवन जोगाउनका लागी विद्यालय भवन भत्काइएको छ । जनकपुर उपमहानगरपालिका २१ नं

वडा कुर्थामा २०१७ सालम स्थापना गरिएको राष्ट्रिय जनता उच्च माध्यमिक विद्यालयको भवन सडकभित्र परेको भन्दै जनप्रतिनिधिको दबाबमा भत्काइएको हो । ४२ फिट चौडा बनाउन लागेको लोहारपट्टी जनकपुर जोड्ने सडकलाईे क्रममा कुर्थामा पर्ने विद्यालय भत्काइएको छ ।सडकमै पर्ने वडा कार्यालयमध्ये जनप्रतिनिधिले वडा कार्यालय बचाउन विद्यालय भत्काउन लगाएका हुन् । वडा कार्यालय सडकमै भए पनि सो तफबाट भत्काउनुको साटो विद्यालयतर्फबाटै भत्काउन लगाइएको हो े।

विद्यालय भवन भत्काइएका पछि कक्षा बाहिर बरामदामा सञ्चालन गर्नुपर्ने बाध्यता आएको प्रअ वीरेन्द्र यादवले बताए ।अगाडिबाट दुई वटा ब्लकमा पर्ने चार वटा कक्षा कोठा बुल्डोजर लगाएर कक्षा २, ३, ४ र ५ विद्यार्थीहरू कक्षामा पढ्दै गरिरहेको बेला वडाध्यक्षले आफैं अगाडि उभिएर भवनहरू तोड्न बुल्डोजर भिडाउनुभयो । हामीले र स्थानीयले भवन नभत्काउन आग्रह गर्दा भ्यानमा प्रहरीहरू बोलाई हामीलाई तर्साउँदै भवन भत्काइएको हो प्रअ यादवले सुनाए। विद्यालयमा पढाउने वातावरण नै नरहेको शिक्षक रामचित्र यादवले बताए । भवन भत्काइएपछि बरामदामा विद्यार्थीलाई राखेर पढाउँदा सडकको धुलो र हो–हल्लाका कारण पढ्ने विद्यार्थीलाई पढ्न निकै सकस परेको छ ।

अहिले नयाँ र पुराना गरी साढे ६ सय विद्यार्थी अध्ययनरत विद्यालयलाई जोगाउनुको साटो आफ्नो पावर देखाउनै वडाध्यक्ष रामेश्वर महासेठले भवन भत्काउन लगाएको शिक्षकहरू आरोप लगाउँछन्। वैशाख १३ गतेदेखि भवनहरू भत्काउने कार्य सुरु गरिएको हो। विद्यालय भवन भत्काउन नदिने भन्दै प्रअ यादवले सडक डिभिजन कार्यालयलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा उत्प्रेषण निषेधाज्ञासम्बन्धी मुद्दासमेत दायर गरेका छन्। सो मुद्दामा अन्तरिम आदेश माग भएतर्फ विचार गर्दा विद्यालय समीपको सडकको मध्यविन्दु यकिन गरी सोको दायाँबायाँ दुवैतर्फ बराबर जग्गामा पर्नेगरी मात्र बाटो निर्माण गर्न÷गराउन भनी आदेशसमेत गरिएको छ। तर, सडकको दाँयातर्फ पर्ने विद्यालयको भवनतर्फबाट मात्र सडक विस्तारको काम गर्दै बायाँतर्फ पर्ने वडाकार्यालयलाई बचाउ गर्ने काम वडाध्यक्षबाट भएको छ।

स्थानीयले भवन नभत्काउन आग्रह गर्दा प्रहरीहरू बोलाई तर्साइँदै भवन भत्काइएको स्थानीयको आरोप । यता, वडाध्यक्ष महासेठले सो विद्यालय आफ्नो बाजेहरूकै जग्गामा निर्माण गरिएको र विद्यलाय भवनको दाता पनि आफ्नै पुर्खा रहेको बताएका छन्। उनले भने, ‘कुर्थाका स्थानीयले माइनट गरेर नाप नक्साका आधारमा सडक विस्तार गर्ने र पीसीसी गर्ने भनी निर्णय भएको हो, नाप नक्साबाट जहाँसम्म सडकको जग्गा पर्छ त्यसलाई हामीले भत्काउनै प¥यो। विद्यालयको हकमा कुर्था बजारको पश्चिमतर्फ आठ कठ्ठा खाली जग्गा ऐलानी रहेकाले त्यस जग्गामा नयाँ भवन निर्माणका लागि आफूहरूले दुई महिनापूर्वदेखिनै विद्यालयका प्रअलाई प्रपोजल लेखेर दिन भने पनि उनले नटेरेका कारण भवन भत्काउन बाध्य भएका हौं।’ आफू जनप्रतिनिधिमा निर्वा्चित भएदेखि शिक्षाको स्तरोन्नतिका लागि कुनै प्रकारको संवाद गर्न पहल नभएको र वडाध्यक्षलाई महŒव नै नदिएपछि सडक विस्तारका लागि भवन भत्काउन लगाएको वडाध्यक्ष महासेठले बताए।

Back to top